भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

बिदामा बैङ्किङ सेवा दिन नेपाल राष्ट्र बैङ्कको निर्देशन

  • ख्वपखबर
  • फाल्गुन १९, २०८२

नेपाल राष्ट्र बैङ्कले बिदामा बैङ्किङ तथा वित्तीय संस्थाका सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचनका कारण निरन्तर सार्वजनिक बिदा परेकाले अत्यावश्यक बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर निर्वाचन अवधिमा पनि बैङ्क तथा वित्तीय संस्थाका सेवा सञ्चालन हुने भएका छन् । सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरिसकेको छ ।

यसअघि फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा तथा १९ गते तराईका जिल्लामा होलीपर्वको सार्वजनिक बिदा परेको छ । लगातार बिदा परेकाले वित्तीय कारोबार प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै राष्ट्र बैङ्कले आवश्यक व्यवस्था मिलाउन भनेको छ ।

राष्ट्र बैङ्कको निर्देशन अनुसार बैङ्क तथा वित्तीय संस्थाले तोकिएका शाखा तथा काउन्टरमार्फत नगद जम्मा–निकासा, चेक क्लियरिङ, राजस्व सङ्कलनलगायत अत्यावश्यक सेवा उपलब्ध गराउने भएका छन् ।

यसै गरी निर्वाचन प्रचारप्रसारका लागि बैङ्क खाता सञ्चालन गर्ने संस्थामार्फत राजनीतिक दल तथा उम्मेदवारका नगद, चेक वा अन्य विनिमय साधनमार्फत हुने दाखिला तथा भुक्तानीसम्बन्धी बैङ्किङ सेवा पनि नियमित रूपमा प्रदान गर्न राष्ट्र बैङ्कले व्यवस्था मिलाउन भनेको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित