“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
बाढी आएपछि स्वीटी फाजुको अवस्था र हालको स्थानबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । परिवार तथा आफन्तले उनको खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।
उनीलाई कसैले देख्नुभएको, भेट्टाउनु भएको वा अवस्थाबारे कुनै जानकारी पाउनुभएको भए ९८४३२३७९११ मा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ ।
त्यस्तै गरी भक्तपुरका सत्य सुन्दर प्रजापति पनि सम्पर्कविहिन भएका छन् । प्रजापति पनि अपर त्रिशूली जलविद्युत आयोजनाको क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
उनीलाई कसैले देख्नुभएको, भेट्टाउनु भएको वा अवस्थाबारे कुनै जानकारी पाउनुभएको भएमा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ ।
त्यस्तै गरी रसुवा-त्रिशूली-३ बी हब सबस्टेसनमा कार्यरत रबिना तुल्सीबाख्यो पनि सम्पर्कविहीन भएका छन् । भक्तपुर घर भएका उनको खोजीका लागि परिवार तथा सम्बन्धित निकायले सहयोगको अपिल गरेका छन् ।
रबिनाबारे कुनै जानकारी प्राप्त भएमा ९८४३०२५७९५ वा ९८४५५१००७७ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य भइरहेका बेला बेपत्ता भएकाको खोजीमा सबै पक्षले सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...
भक्तपुर नगरपालिकाबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ मङ्गलाछे स्थित हाडा छेँको आज...