भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो

  • ख्वपखबर
  • भदौ १२, २०८३

चीन-नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ । पहिरो गएको दुई दिनपछि सयौँ व्यक्ति बेपत्ता रहेका बेला उद्धार टोलीलाई सुरक्षित स्थानमा फर्काइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार पहिरोपछि बनेको विशाल तालको पानी उद्धार टोली परिचालित क्षेत्रतर्फ फैलिन थालेपछि टोलीलाई तत्काल उद्धार रोक्न र थप निर्देशन पर्खन भनिएको हो । प्रभावित क्षेत्रमा प्रवेश गरिसकेका आपत्कालीन टोलीलाई समेत करिब एक किलोमिटर पछाडि हटाइएको छ ।

बुधबार तिब्बतको सीमावर्ती केन्द्र ग्यिरोङमा माटो र भग्नावशेष खसेपछि पानी थुनिएर ताल बनेको थियो । लगातार वर्षाका कारण आगामी तीन दिनमा तालको जलस्तर थप बढ्न सक्ने अनुमान गरिएको छ । जलस्तर बढ्दा तालमा दरार पर्न सक्ने र त्यसबाट तल्लो क्षेत्रमा बाढी पस्दा ग्यिरोङ बन्दरगाहलगायतका स्थानमा थप क्षति हुन सक्ने जोखिम रहेको सिन्ह्वाले जनाएको छ ।

शुक्रबारसम्म विपद क्षेत्रबाट ४९९ चिनियाँ र ५५५ विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । उद्धारकर्मीले ड्रोनबाट तयार गरिएको थ्रीडी मोडल, तापीय तस्बिर प्रविधि तथा म्यानुअल खोजीमार्फत बेपत्ताको खोजी जारी राखेका छन् । आपतकालीन इन्जिनियरिङ टोलीले तालको अवस्था नजिकबाट निगरानी गरिरहेको छ । बाढीको जोखिम कम भएपछि खोज तथा उद्धार अभियान पुनः सञ्चालन गरिने अपेक्षा गरिएको छ । रासस

Your email address will not be published. Required fields are marked *

सम्बन्धित