एकै दिन आठ हजार एक सय रुपियाँले बढ्यो सुनको मूल्य
- अशोज २८, २०८२
- ख्वपखबर
नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
भक्तपुर नगरपालिकाले भक्तपुरको बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक एकतर्फी ‘वान वे’ गर्ने तयारी गरेको छ ।भक्तपुर नगरपालिका वडा नं. ३ बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँसम्म एकतर्फी सवारीसाधन सञ्चालन गर्न विषमा सरोकारवालाहरुसंग तयारी बैठक आज बसेको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नै अध्यक्षतामा बसेको उक्त बैठकमा नगरको भित्री सडकमा बढेको सवारी चापले आवगमनमा उत्पन्न भएको समस्या समाधान गर्न सडकहरुमा एकतर्फी सवारीसाधन सञ्चालन गर्ने तयारी गरिरहेको तयारी गरेको बताए ।

उपप्रमुख रजनी जोशीले भक्तपुर सांस्कृतिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण सहर भएकोले पनि ब्यस्त सडकहरुमा एकतर्फी गर्दै जानुपर्ने आवश्यकता औंल्याएका थिए ।
आजको बैठकले भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय, नगर प्रहरी, वडा निरीक्षक र श्यानिटेशन शाखाका प्रतिनिधि सम्मिलित सात सदस्यीय अध्ययन टोली गठन गरी १५ दिनभित्र अध्ययन गरी रिपोर्ट तयार गरी प्रस्तुत गर्ने निर्णय गरियो ।
नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र...