भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने

  • ख्वपखबर
  • अशोज १५, २०८३

भक्तपुरमा पहिलो पटक ठुलो च्यारिटी म्युजिक फेस्टिभल “म्युजिक जात्रा-ख्वप:” आयोजना हुने भएको छ । आयोजकले बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत सो जानकारी दिईएको हो ।

“म्युजिक जात्रा-ख्वप:” यही आउने मङ्सिर १२ गते  भक्तपुरको सल्लाघारी मैदान १०८ रोपनीमा आयोजना गरिने आयोजकले जनाएको छ । भक्तपुरको माटोमा जन्मिएर विश्वभर रहेका नेपाली माझ चर्चित हुन सफल कुमा सागर एण्ड द ख्वपः ब्याण्डले भक्तपुर मै पहिलो पटक प्रस्तुति दिन लागेका हुन् ।

कुमा सागरसँगै कार्यक्रममा ‘मुक्ति एण्ड रिभाइभल’ तथा ‘निभाः डंगोल एण्ड चबाही दबु’ले पनि प्रस्तुति रहने छन् । उक्त कार्यक्रम भक्तपुरको सांस्कृतिक र सांगीतिक पहिचानसँग जोडिएको विशेष अवसरका रूपमा हेरिएको छ । कार्यक्रमलाई लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

कार्यक्रममा संगीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ साङ्गीतिक प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ ।

टिकटको सत्तामा ‘एक्सट्रीम एनर्जी ड्रिंक’को खाली क्यान

“म्युजिक जात्रा–ख्वप:”को मुख्य प्रायोजकको रुपमा ‘एक्सट्रीम एनर्जी ड्रिंक’ रहेको छ । कार्यक्रम हेर्न दर्शकले टिकटको सत्तामा ‘एक्सट्रीम एनर्जी ड्रिंक’को खाली क्यान मात्र ल्याए पुग्ने आयोजकले जनाकारी दिएको छ ।

“म्युजिक जात्रा–ख्वपः”लाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उद्देश्यसहित आयोजना गर्न लागिएको छ । कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत व्यावसायिक आम्दानी अर्थात् प्रायोजन तथा स्टल भाडाबाट प्राप्त रकम भक्तपुरको समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ)लाई प्रदान गरिने पनि जानकारी गराएको छ । यसका साथै कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत सीबीआरओलाई नै प्रदान गरिने आयोजकले जनाएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित