भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार

  • ख्वपखबर
  • भदौ १८, २०८३

रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र उनकी ४६ वर्षीया पत्नी निर्मला ढुङ्गानाको अन्तिम संस्कार गरिएको छ । बेपत्ता भएको आठौं दिनसम्म पनि पत्ता नलागेपछि परिवारले हिन्दु परम्पराअनुसार उनीहरूको कुशको शव बनाई दाहसंस्कार सम्पन्न गरेको हो ।

ढुङ्गाना दम्पती भदौ ९ गते कैलाश मानसरोवर यात्राका लागि घरबाट निस्किएका थिए । यात्राका क्रममा भदौ १० गते रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा बिहान ८:१६ बजे नाम दर्ता गरी चीन प्रवेश गर्ने क्रममा रहेका बेला अचानकको विनाशकारी बाढीको चपेटामा परी उनीहरू बेपत्ता भएका थिए ।

उक्त घटनामा ढुङ्गानाका सासु ससुरा समेत बेपत्ता भएका परिवारले जनाएको छ । किर्तीपुरस्थित ससुराली टोलीसंग मानसरोवर यात्रामा रहेका ढुङ्गाना सहभागी १७ सदस्यीय टोली नै बाढीमा परी बेपत्ता भएको थियो ।

पत्रकार ढुङ्गानाको आमा र दुई छोरा छन् । जेठो छोरा घटना थाहा पाए लगत्तै अमेरिकाबाट आएका थिए । परिवारले शवसमेत पत्ता लगाउन नसकेपछि निराश भएर बैदिक परम्परा अनुसार दिवंगत आत्माको चिरशान्तिको लागि कुशमार्फत अन्तिम संस्कार गरेको पत्रकार मदन ढुङ्गानाले बताए । अन्नपूर्णपोस्ट

Your email address will not be published. Required fields are marked *

सम्बन्धित