भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

स्थानीय सञ्चार नीति तर्जुमा गरिने नगरप्रमुख थापाको भनाइ

  • ख्वपखबर
  • असार ६, २०८२

सूर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सूर्यविनायक नगरपालिकाभित्रका स्थानीय सञ्चार माध्यमहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न स्थानीय सञ्चार नीति तर्जुमा गरिने बताउनुभयो । शुक्रबार नगर सभाको १८ औं अधिवेशनमा नगरप्रमुख थापाले सो नीति तर्जुमा गरिने बताएका हुन् ।

उहाँले भन्नुभयो, ” सूर्यविनायक नगरपालिकाभित्रका स्थानीय सञ्चार माध्यमहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न स्थानीय सञ्चार नीति तर्जुमा गरिनेछ ।” नगरप्रमुख थापाले लोककल्याणकारी विज्ञापन तथा सूचनाको प्रशारण तथा वितरण सम्बन्धी आवश्यक कानूनी प्रबन्ध गरिने जनाउनुभयो । नगरपालिकासंग सम्बन्धित सार्वजनिक महत्वका जानकारी एवं सूचनालाई स्वप्रकाशनको व्यवस्था अनिवार्य गरिने उहाँको भनाइ छ ।

उहाँले स्थानीय सञ्चारकर्मीको क्षमता अभिवृद्धि गरी ती संचारकर्मीहरु मार्फत नगरका गतिविधिहरुको नियमित प्रकाशन प्रसारणको प्रबन्ध गरिनुका साथै एफ एम रेडियो ईजाजत प्रणालीको नीति तर्जुमा गरी कार्यान्वयन गरिने बताउनुभयो ।

नागरिक, जनप्रतिनिधि र कर्मचारीमा सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने क्षमता अभिवृद्धिका लागि डिजिटल साक्षरता अभियान चलाईने नगरप्रमुख थापाले जनाउनुभयो । उहाँका अनुसार नगरपालिका तथा मातहतका सबै सार्वजनिक ईकाईहरुसम्म आफ्नै सूचना प्रविधि सञ्जालको विकास गर्न अप्टिकल फाईबर विस्तार कार्यक्रमलाई गतिशील बनाईने छ ।

नगरपालिकाको सबै सूचना तथा तथ्याङ्क व्यवस्थित गर्न भरपर्दो सूचना केन्द्र स्थापना गरिने तथा नगरपालिकामा सिर्जना हुने सबै प्रकारका तथ्याङ्कहरुको डाटा भण्डारण गर्न आफ्नै व्याकअप सेण्टरको स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।

सूचना केन्द्रमार्फत नगरपालिका तथा मातहतका आधिकारिक सूचना तथ्याङ्क एवम् गतिविधिको आवधिक जानकारी द्रुतमाध्यामबाट प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाइने र सूचना प्रविधिको माध्यमबाट नगरवासीका लागि छिटो, छरितो, पहुँच योग्य र प्रभावकारी न्याय निरुपण गर्ने नीति अवलम्वन गरिने उहाँको भनाइ छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित