भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

भक्तपुरमा ‘फिस टनेल एक्स्पो’ सुरु

  • ख्वपखबर
  • असार ७, २०८२

भक्तपुरको राधेराधेमा ‘फिस टनेल एक्स्पो’ सुरु भएको छ । संघीय सांसद दुर्लभ थापाले शुक्रबार उद्घाटन गरेसंगै सो एक्स्पो सुरु भएको हो ।

संघीय सांसद दुर्लभ थापाले उपत्यकाका बासिन्दालाई समुद्री जीव र सामुद्रिक अनुभव नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले टनेल प्रवेश गर्दा आफू वैदेशिक यात्रामा छु कि भन्ने अनुभुती भएको बताउनुभयो ।

३५ दिनसम्म चल्ने सो एक्स्पोमा ‘सुनामी राइड’ र १६० प्रजातिका माछासहितको टनेल नै मुख्य आकर्षणका रूपमा रहेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । आयोजकका अनुसार ‘सुनामी राइड’ नेपालमै पहिलोपटक भित्र्याइएको भनिएको छ ।

मध्यपुर थिमि नगरपालिका-५, राधेराधेस्थित रोयल थाई हस्पिटालिटीसँगैको खुला स्थानमा सुरु भएको एक्स्पोको फिस टनेलमा समुद्रमा पाइने १६० भन्दा बढी प्रजातिका माछालाई एउटै छानामुनि हेर्न सकिने व्यवस्था मिलाइएको आयोजक महतको भनाइ छ ।

एक्स्पो आगामी ३५ दिनसम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहने छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित