भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

नेपाल भाषाको “याकचा जुया म्हाईपुसे च्वोना” गीत सार्वजनिक

  • ख्वपखबर
  • भदौ ९, २०८३

सोम्बार नेपाल भाषाको “याकचा जुय म्हायपुसें च्वाना” बोलको नयाँ गीत सार्वजनिक गरेको छ । केबिएस प्रोडक्सन हाउस लुभुको प्रस्तुतिमा तयार पारिएको सो गीत जयनेपाल हल काठमाडौंमा सार्वजनिक गरिएको हो ।

ललितपुरको सुनाकोठी निवासी सिद्दि बहादुर महर्जन र निशा देसारको स्वर रहेको छ । गीतका नृत्य निर्देशक बालमुन्द प्रजापतिको सहयोगमा कलाकारद्वय यमन श्रेष्ठ र भिंतुना जोशीले गीत सुहाउँदो भुमिका निभाएका छन् ।

“याकचा जुया म्हाईपुसे च्वोना” (एक्लै भएर दिक्क लाग्यो) गीत सार्बजनिक गर्ने क्रममा गीतको भिडियोमा रहेका कलाकार र भिडियो बनाउन सहयोगीहरूलाई मायाको चिनो र सम्मान गरेको थियो ।

कार्यक्रममा विभिन्न कलाकारहरू लगायत नेपालभाषालाई माया गर्ने महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो । हलमा दर्शक तथा कलाकारहरूको उपस्थितिले काम गर्ने अझ हौसला मिलेको केबिएस प्रोडक्सन हाउसका प्रोप्राईटर कृष्ण भक्त श्रेष्ठले बताएका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित