भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

भक्तपुरमा मिस्टर भक्तपुर तथा महिला एथलेटिक्स फिटनेस-२०८३ हुँदै

  • ख्वपखबर
  • भदौ ८, २०८३

भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघको आयोजनामा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिटनेस-२०८३ शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भक्तपुरमा हुने आयोजकले रफत सञ्चार क्लबमा गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघका
अध्यक्ष ज्ञानेन्द् मानन्धरले प्रतियोगितामा भक्तपुर जिल्लाका विभिन्न क्लबबाट खेलाडी सहभागी हुने बताए । प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७० केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला एथलेटिक्स फिजिक्सतर्फ खुला समूहमा प्रतिस्पर्धा गराइने भएको छ ।

कार्यक्रम संयोजक बाबुकाजी मानन्धरका अनुसार पुरुषतर्फ प्रत्येक तौल समूहका विजेताबीच ओभरअल प्रतिस्पर्धा हुनेछ । ओभरअल विजेताले छैटौँ मिस्टर भक्तपुर–२०८३ को उपाधिसहित नगद १ लाख रुपैयाँ, ट्रफी तथा बायोनेट प्राप्त गर्नेछन् । दोस्रोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः ५० हजार, ४० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

मानन्धरका अनुसार महिला एथलेटिक्स फिजिक्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट १५ लाख रुपैयाँ रहेको जनाइएको छ। विभिन्न संघ–संस्था तथा व्यक्तिको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको मानन्धरकाे भनाइ छ ।

प्रतियोगितामा जिल्लाभित्रका करिब ६० जना खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको पहिलो दिन असोज २ गते शुक्रबार क्लब डिस्पाराडोमा खेलाडीहरूको वेट राउण्ड तथा ड्रइङ लटको कार्यक्रम हुने मानन्धरले जानकारी दिए । असोज ३ गते प्रिजजिङ तथा फाइनल खेल हुने र तत्पश्चात् पाँच जना खेलाडी चयन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले २०८३ भदौ २६ गते शुक्रबारसम्ममा फारम बुझाइ सक्नु पर्नेछ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित