भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

यु–१९ एसिया कपमा बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

  • ख्वपखबर
  • मंसिर २९, २०८२

यु–१९ एसिया कपमा नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको हो ।

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।

बङ्गलादेश भने लगातार दोस्रो जितको खोजीमा छ । उ सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई १९ रनले पराजित गरेको थियो । रासस

Your email address will not be published. Required fields are marked *

सम्बन्धित