नेपाल भाषाको “याकचा जुया म्हाईपुसे च्वोना” गीत सार्वजनिक
- भदौ ९, २०८३
- ख्वपखबर
सोम्बार नेपाल भाषाको “याकचा जुय म्हायपुसें च्वाना” बोलको नयाँ गीत सार्वजनिक गरेको छ ।...

गायक तथा र्यापर आश्मान केसीको ‘च्वाप्प मोइ’ गीत सार्वजनिक भएको छ । काठमाडाैंमा सार्वजनिक गरिएकाे गीत गायिका विन्दुकै विन्दु परियार नामक युट्युब च्यानलमा हेर्न सकिन्छ ।
गीतमा आश्मानकै शब्द र संगीत छ । गीतमा आश्मानसँग गायिका विन्दु परियार पनि देखिएकी छन् । परियारले आफ्नो गीतमा देखिने सपना यस पटक पूरा भएको बताइन् ।
उनले भनिन्, ‘आफ्नो गीतमा नाचौंनाचौं लागेको थियो । यसपटक त्यो सपना पूरा भयो । यस पटक नाच्ने शैलीकाे गीत तयार गरेको छु । आश्मानसँगको सहकार्यले पृथकता दिएको महसुस भएको छ । गीत सबै वर्गलाई हुने किसिमले तयार गर्ने कोसिस गरेका छौं ।’ उनले गीतमा पहिलोपटक मोडलिङकाे अनुभव सँगालेको बताइन्।
उक्त गीत डाइनामिक स्टुडियोमा तयार गरिएको हो भने विमल छिनालले एरेञ्ज गरेका हुन् । नागरिकन्युज
गीतको भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स र सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ भने र्यापर आश्मानले निर्देशन गरेका हुन् ।
सोम्बार नेपाल भाषाको “याकचा जुय म्हायपुसें च्वाना” बोलको नयाँ गीत सार्वजनिक गरेको छ ।...
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको संख्या बढ्न थालेको छ । जिल्लाको मुख्य...
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र...