भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

बिदासंगै सौराहामा पर्यटकको संख्या बढ्यो

  • ख्वपखबर
  • बैशाख २१, २०८३

सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको संख्या बढ्न थालेको छ । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहाका पर्यटकीय क्षेत्रहरु चलायमान हुनका साथै विगतको तुलनामा यस क्षेत्रमा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन् । गोष्ठीहरु र विवाहका लागि पनि पर्यटक सौराहा आउने गर्दछन्। गत वर्षहरुको तुलनामा यस वर्ष पर्यटकको आगमन उत्साहजनक देखिएको व्यवसायीको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष गुणराज थपलियाले शुक्रबार, शनिबार र आइतबार स्वदेशी पर्यटकको आगमन बढेकाले सौराहा चलायमान भएको छ । उनले भने, ‘बिदाको दिनमा विदेशी पर्यटक मात्रै पनि ४० प्रतिशतभन्दा बढी छन् ।’

भारतीय, चिनियाँ र तेस्रो मुलुकका पर्यटक सौराहा आएका छन् । बिदाको दिनमा पर्यटकको सङ्ख्या नेपाली बढी हुने भए पनि अन्य दिनहरुमा विदेशी ७० प्रतिशत हाराहारी छन् । सरदर यो वर्ष ५० प्रतिशत कोठाहरु भरिएका छन् । उनका अनुसार गत वर्ष यो प्रतिशत ४० हाराहारी थियो ।

चितवन आउने बाटो राम्रो भएमा पर्यटक सङ्ख्या अरू थपिने व्यवसायीको भनाइ छ । पोखराबाट चितवन आउने बाटो राम्रो भए पनि काठमाडौं र भैरहवाबाट यहाँ आउने बाटो विस्तारका क्रममा रहेकाले सोचेजस्तो पर्यटक आगमन छैन ।

होटल भिस्टा सौराहाका सञ्चालक रमेश सिलवाल बिदा हुँदा स्वाभाविक रुपमा पर्यटक बढ्ने बताउछन् । उनले बिदा हुँदा देशका विभिन्न ठाउँबाट पनि पर्यटक आउन सहज भएको बताए। यस वर्ष आफूले स्विमिङ पुल पनि थप गरेकाले आफ्नो होटलमा पर्यटक बढेको उनको भनाइ छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा बिदाको समयमा हात्ती चढ्न पालो कुर्नुपर्ने बताउछन् । बिदामा पर्यटकको आगमन बढेसँगै पर्यटकीय गतिविधिमा रमाउनेहरुको सङ्ख्या पनि बढेको हो। सहकारीअन्तर्गत २५ वटा हात्ती रहेका छन् । ती हात्तीले बिहान र बेलुका पर्यटक घुमाउने गर्दछन् ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्षसमेत रहनुभएका खतिवडा रेष्टुरेन्टहरु पनि बिदाको समयमा भरिभराउ हुने गरेका छन्। अघिल्लो वर्षका तुलनामा अन्य समयमा पनि पर्यटक बढेको उनले बताए ।

सौराहामा १४८ होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । ती होटलमा चार खर्बभन्दा बढी लगानी रहेको अनुमान व्यवसायीको छ ।

प्रत्यक्ष रूपमा ६ हजार ४०० ले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । बर्सात लागेसँगै यहाँ आउने पर्यटकको सङ्ख्या घट्ने गर्दछ । रासस

Your email address will not be published. Required fields are marked *

सम्बन्धित