अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त अध्यादेश पुन: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशलाई पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
आइतबार राष्ट्रपति पौडेलले पुनरविचारका लागि भन्दै उक्त अध्यादेश सरकारलाई नै फिर्ता पठाएका थिए । कुनै परिमार्जन नगरी पुन:राष्ट्रपतिकहाँ पठाइएको प्रवक्ता पोखरेलले बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...