काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै प्रभावित गण्डकी प्रदेश हुने छ ।
गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक–दुई ठाउँमा त भारी हिउँ वा पानी पर्ने सम्भावनासमेत छ । मौसमविदहरुले बेला–बेलामा एकछिन पानी पर्न रोकिए पनि फेरि पानी पर्ने प्रक्षेपण गरेका छन् ।
मौसमविदहरुका अनुसार पहाडी भेगमा आगामी मंगलबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।
बुधबारदेखि विहीबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । गण्डकी प्रदेशमा यो हप्ताभरी तथा कोशी, बागमती लुम्बिनीमा मंगलबारभित्र एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...