भर्खरै :
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल |

भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन

  • ख्वपखबर
  • अशोज ४, २०८३

भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।
भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको हेरचाह तथा संरक्षणका लागि स्थापना गरिएको ख्वप आदर निकेतनको उद्घाटन आज गरिएको हो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले ख्वप आदर निकेतनको उद्घाटन गर्ने क्रममा ज्येष्ठ नागरिकको हेरचाह, सम्मान र मानसिक स्वास्थ्यका लागि यस्तो सेवा महत्वपूर्ण रहेको बताएका छन् । अध्यक्ष बिजुक्छेले ज्येष्ठ नागरिकहरूमा उमेर बढ्दै जाँदा स्मरणशक्ति कमजोर हुँदै जाने भएकाले उनीहरूलाई विशेष हेरचाह आवश्यक रहेको बताए ।

ज्येष्ठ नागरिकलाई एक्लै राख्न नहुने उल्लेख गर्दै उनले उचित हेरचाह र सामाजिक वातावरण प्रदान गर्न सके उनीहरूको आयु तथा जीवनको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरेका छन् ।

लामो समयदेखि आदर निकेतन सञ्चालन गर्ने उद्देश्य रहेको र आज आएर उक्त उद्देश्य पूरा भएको अध्यक्ष बिजुक्छेले उल्लेख गरे । ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापनका लागि जोड दिनुपर्ने उनको तर्क रहेको छ ।

उनले घरमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकका लागि स्थानीय तहले ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गरी निरन्तर सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

बालबालिकाको हेरचाहका लागि विद्यालय, किन्डरगार्डेन तथा शिशु स्याहार केन्द्रहरू धेरै रहे पनि ज्येष्ठ नागरिकको संरक्षण र हेरचाहका लागि आवश्यक केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

ज्येष्ठ नागरिकलाई सहारा र सम्मानसहितको सेवा उपलब्ध गराउन वडा तहबाटै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने तर्क उनको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित