रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल
- भदौ १०, २०८३
- ख्वपखबर
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...

बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने हेतुले मेला आयोजना हुनु सकारात्मक कदम रहेको बताएकी छिन् । माननीय सैजुले दुई दिने ‘हेरिटेज मार्केट-कल्चरल किचन मेला सम्पन्न गर्ने क्रममा सो विचार व्यक्त गरेकी हुन् ।
उनले भनिन्, “भक्तपुरको यो अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने हेतुले मेला आयोजना हुनु सकारात्मक कदम हो ।” मेला अवलोकनका क्रममा प्रौढदेखि युवासम्म र परम्परादेखि नवीनतम् शैलीका स्टलहरू देख्न पाएकोमा खुसी व्यक्त गर्दै उनले महिला उद्यमीहरूको बाहुल्यता र युवा पुस्ताले आफ्नै सीप प्रयोग गरी उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी देख्दा मनैदेखि प्रफुल्लित भएको बताइन् । माननीय सैजुले भक्तपुरलाई सभ्यता र कलाको सहरका भएको कारण यहाँको मौलिक कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने उद्देश्यले साना तथा स्थानीय उद्यमीहरूलाई आफ्नो उत्पादन प्रवर्द्धन गर्ने सुनौलो अवसर प्रदान गरेको भन्दै आयोजक समूहप्रति हार्दिक आभार समेत प्रकट गरिन् । “संसारभर बजार एकाधिकारतर्फ गइरहेका बेला, समुदाय स्तरबाटै यसरी मेला आयोजना गरेर स्थानीय बजारलाई फैलाउनु र उद्यमीलाई अवसर दिनु सराहनीय कार्य हो ।” उनले थपिन् ।
भक्तपुर पर्यटन विकास समितिको सहकार्य र ‘गो लोकलको संयोजनमा भक्तपुर घरेलु तथा साना उद्योग संघको १५ औं संस्करणका रूपमा यो मेला आयोजना गरिएको थियो । भक्तपुरका मौलिक रैथाने घरेलु तथा साना उद्योग एवं स्थानीय सीपबाट उत्पादित वस्तुहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त मेलामा भक्तपुरको पहिचान झल्किने काष्ठकला, हस्तकला, र काठका दैनिक प्रयोग हुने वस्तुहरू, परम्परागत भादगाउँले कालो टोपी, तान बुनाई तथा कटनका कपडाहरू, परम्परागत नेवारी गहनाहरू तथा धातुका सामग्रीहरू, भक्तपुरको प्रसिद्ध जुजु धौ, फ्रोजन योमरी, च्याउका विभिन्न परिकार तथा मौलिक नेवारी खाद्य परिकारहरू स्टलहरू राखिएको थियो ।
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...
भक्तपुर नगरपालिकाबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ मङ्गलाछे स्थित हाडा छेँको आज...