अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

भक्तपुरमा गभर्मेन्ट कुरियर सर्भिस सम्वन्धि बैंक तथा बित्तीय संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला हुलाक कार्यालय भक्तपुरले शुक्रबार सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवं भक्तपुरका सहायक जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले हुल्लाकले दिईरहेको कामका बारेमा जानकारी गराएकी छिन् । हुलाकले डिजिटलको माध्यमबाट भैरहेको र घरदैलो ब्यवस्था गरि सेवा दिईरहेको समेत सहायक जिल्ला अधिकारीले जनाएकी हुन् ।
शर्माले १५ वटा निजी बैंक र राष्ट्रिय बाणिज्यका प्रतिनिधिहरू सहभागीता रहेको कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रतिनिधिले बैंकबाट पठाएको चिठ्ठी हुलाकका कर्मचारीले सम्पर्क नभएर फर्किएको भनेको ब्यक्ति उहाँकै अगाडि फोन गर्दा चिठीकोबारे आफुलाई कसैले सम्पर्क नगरेको भने जवाफ सुनु परेकोमा दुःख लागेको सुनाइन् । अब उप्रान्त यस्तो नहोस् र कर्मचारीले जिम्मेवारीपुर्वक काम गरेको नगरेको निगरानी गर्नु पर्ने सुझाव व्यक्त गरिन् ।
कार्यक्रममा जिल्ला हुलाक कार्यालयका प्रमुख सीता साम्वाले कार्यालयले सबै कुरियरको काम जिम्मेवारीका साथ गर्दै आएको जानकारी दिदै हुलाकको बिगत र हालको अवस्थामा गर्दै आएको कामका बारेमा पनि जानकारी दिएकी छिन् ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...