भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ

  • ख्वपखबर
  • भदौ २४, २०८३

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका छन् । भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा सरकारले सम्पूर्ण ध्यान खिचेको बताउँदै मुख्यमन्त्री थापा मगरले अन्य क्षेत्रको बजेट समेत तानेर बाढी प्रभावित क्षेत्रको पुननिर्माण र पुनर्स्थापनामा खर्च गरिने जनाएका हुन् ।

मुख्यमन्त्री थापा मगरका अनुसार बाढी प्रभावित जिल्लामा उद्धार, राहत, सडक सञ्चालन, स्वास्थ्य व्यवस्थापन र जनजीविकालाई सहज बनाउन प्रदेश सरकारले रसुवा र नुवाकोटलाई १-१ करोड तथा धादिङ र चितवनलाई ५०-५० लाख राहत उपलब्ध गराउने निर्णयअनुसार व्यवस्थापन गरेको छ । साथै शव व्यवस्थापन, डीएनए परीक्षण, स्वास्थ्य सेवा तथा १६ मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिए । बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइने घोषणा समेत गरिएको छ ।

मुख्यमन्त्री थापा मगरले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार आवासीय विद्यालयको व्यवस्था गरिने जानकारी गराउँदै प्रदेश सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गर्ने बताए ।

अवरुद्ध सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको मुख्यमन्त्री थापाले जानकारी दिए । प्रदेश विपद् व्यवस्थापन कोषबाट विपद् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय समेत भइसकेको उनको भनाइ छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित