काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका छन् । भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा सरकारले सम्पूर्ण ध्यान खिचेको बताउँदै मुख्यमन्त्री थापा मगरले अन्य क्षेत्रको बजेट समेत तानेर बाढी प्रभावित क्षेत्रको पुननिर्माण र पुनर्स्थापनामा खर्च गरिने जनाएका हुन् ।
मुख्यमन्त्री थापा मगरका अनुसार बाढी प्रभावित जिल्लामा उद्धार, राहत, सडक सञ्चालन, स्वास्थ्य व्यवस्थापन र जनजीविकालाई सहज बनाउन प्रदेश सरकारले रसुवा र नुवाकोटलाई १-१ करोड तथा धादिङ र चितवनलाई ५०-५० लाख राहत उपलब्ध गराउने निर्णयअनुसार व्यवस्थापन गरेको छ । साथै शव व्यवस्थापन, डीएनए परीक्षण, स्वास्थ्य सेवा तथा १६ मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिए । बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइने घोषणा समेत गरिएको छ ।
मुख्यमन्त्री थापा मगरले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार आवासीय विद्यालयको व्यवस्था गरिने जानकारी गराउँदै प्रदेश सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गर्ने बताए ।
अवरुद्ध सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको मुख्यमन्त्री थापाले जानकारी दिए । प्रदेश विपद् व्यवस्थापन कोषबाट विपद् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय समेत भइसकेको उनको भनाइ छ ।
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...