नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
- भदौ ३१, २०८३
हलिं नेवा:दबुले नेपाल भाषा पढ्ने सात जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दबुले...

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग र समयअनुसार स्नातक र स्नातकोत्तर तहमा नयाँ विषयहरू थप गरिने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाको अठारौं नगरसभाको उद्घाटन समारोहमा सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ” भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग र समयअनुसार स्नातक र स्नातकोत्तर तहमा नयाँ नयाँ विषयहरू थप गर्दै लगिनेछ । आगामी शैक्षिक वर्षबाट ख्वप इन्जिनियरिङ्ग कलेजमा स्नातक तहमा थप दुईवटा शैक्षिक कार्यक्रमहरू बी.सी.ए. र बी.आई.टी. का कक्षाहरू सञ्चालन गरिनेछ ।”
प्रमुख प्रजापतिले सम्बन्धन प्राप्त भएमा भएको खण्डमा ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सामान्य चिकित्सा (एच.ए), फार्मेसी, रेडियोग्राफी र ल्याब टेक्निसियन विषयहरू सञ्चालन गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सीटीईभीटीबाट सम्बन्धन प्राप्त ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सामान्य चिकित्सा (एच.ए), फार्मेसी, रेडियोग्राफी र ल्याब टेक्निसियन विषयहरू सञ्चालन गर्न स्वीकृतिको लागि प्रस्ताव गरेकोमा स्थलगत अनुगमन समेत भइसकेको हुँदा ती विषयहरूमा सम्बन्धन प्राप्त भएमा कक्षाहरू सञ्चालन गरिनेछ ।”

हलिं नेवा:दबुले नेपाल भाषा पढ्ने सात जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दबुले...
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...
जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।...