बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान
- भदौ ११, २०८३
- नारायण थापा
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग र समयअनुसार स्नातक र स्नातकोत्तर तहमा नयाँ विषयहरू थप गरिने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाको अठारौं नगरसभाको उद्घाटन समारोहमा सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ” भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग र समयअनुसार स्नातक र स्नातकोत्तर तहमा नयाँ नयाँ विषयहरू थप गर्दै लगिनेछ । आगामी शैक्षिक वर्षबाट ख्वप इन्जिनियरिङ्ग कलेजमा स्नातक तहमा थप दुईवटा शैक्षिक कार्यक्रमहरू बी.सी.ए. र बी.आई.टी. का कक्षाहरू सञ्चालन गरिनेछ ।”
प्रमुख प्रजापतिले सम्बन्धन प्राप्त भएमा भएको खण्डमा ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सामान्य चिकित्सा (एच.ए), फार्मेसी, रेडियोग्राफी र ल्याब टेक्निसियन विषयहरू सञ्चालन गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सीटीईभीटीबाट सम्बन्धन प्राप्त ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सामान्य चिकित्सा (एच.ए), फार्मेसी, रेडियोग्राफी र ल्याब टेक्निसियन विषयहरू सञ्चालन गर्न स्वीकृतिको लागि प्रस्ताव गरेकोमा स्थलगत अनुगमन समेत भइसकेको हुँदा ती विषयहरूमा सम्बन्धन प्राप्त भएमा कक्षाहरू सञ्चालन गरिनेछ ।”

विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...
जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।...
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...