डेंगु नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन जनस्वास्थ्य कार्यालयको आग्रह
- भदौ ६, २०८३
- ख्वपखबर
जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।...

विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि रगतको अभाव नहोस भन्ने हेतुले आकस्मिक रुपमा ९४० औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सदस्यहरू तथा स्थानीय बासिन्दाहरूसहित करिब ३५० जनाको सहभागीता रहेको थियो । रक्तदान कार्यक्रममा १६४ जनाले रक्तदान गरेका थिए । आजको रक्तदान कार्यक्रमको संचालन वी लभ यू का सदस्य सुरज उप्रेतीले गरेका थिए ।
यस कार्यक्रमको उद्देश्य स्थानीय समुदायमा स्वैच्छिक रक्तदानको संस्कृति फैलाउनुका साथै रगतको आपूर्तिमा सहयोग पुऱ्याउनु थियो । एक व्यक्तिको रक्तदानले अर्को व्यक्तिको सहभागितालाई प्रेरित गर्दै जीवन बचाउने सहयोगको सकारात्मक चक्र निर्माण होस् भन्ने उद्देश्यले वीलभयूले ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।
वीलभयूका लागि नेपालका अध्यक्ष किशोर सामसोहाङले रक्तदानका लागि आफ्नो अमूल्य समय निकालेर सहभागी हुनुभएका सबैप्रति हामी आभार व्यक्त गर्दै धेरै नागरिकहरू एउटै उद्देश्यका लागि एकजुट भएकोले यो कार्यक्रम स्थानीय समुदायका लागि न्यानो शक्ति बनोस् भन्ने आशा व्यक्त गरे । रगतको कुनै जात, धर्म र भूगोल हुँदैन तर यो केवल मानवतासँग जोडिएको हुन्छ । नेपालमा पनि कुनै व्यक्तिले रगतको अभावले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले वीलभयूले हरेक वर्ष सातै प्रदेशको विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै रक्तदाताहरूले दान गर्ने रगत थोरै तरल पदार्थ मात्र नभएर रक्त अभावमा छट्पटाइरहेका बिरामीहरूको निम्त जीवनको आशा हुने भएकोले स्वयंसेवी रक्तदाताहरूलाई स्व:स्फूर्तले रक्तदान गर्न हौसला प्रदान गरे ।
कार्यक्रम बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जारी रहेको थियो । सहभागीहरूले रक्तदानको प्रक्रियाअनुसार पालैपालो जीवन बचाउने कार्यमा सहभागिता जनाएका थिए । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले रक्तदानको सम्पूर्ण प्रक्रियामा प्राविधिक सहयोग गर्दै कार्यक्रमलाई साथ दिए ।
कार्यक्रममा प्रमुख अतिथी चागुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले हिजो रसुवा हुँदै आएको बाढीमा घाइते भएकाहरुको लागि यो रगतले जीवन बचाउने काम गर्ने बताए । वीलभयूले आज गरेको यो कार्यले सबैलाई सचेत गराएको छ । हामी सबैले सामुहिक भावनाद्वारा कार्य गर्दै समाज र देशमा भएका नागरिकहरुको ज्यान बचाउन आयोजना गरिएको यो कार्यक्रमले ठूलो सहयोग पुग्ने जनाए ।
वीलभयूले लगातार सरसफाइ, रक्तदान लगाएतको स्वयंसेवाको कार्य गर्दै आएकोले यस्तो रचनात्मक र सिर्जनात्मक कार्यमा आफ्नो नगरपालिकाको तर्फबाट सधैँ साथ समर्थन रहने कुरा बताउँदै रक्तदान गरेर जीवनदान गर्ने कार्य गरेको वी लभ यू फाउन्डेसनप्रति कृतज्ञता व्यक्त गरे ।
यसैगरी कार्यक्रममा चागुनारायण नगरपालिकाका वडा नम्बर २ का वडाअध्यक्ष तथा रक्त संचार केन्द्र भक्तपुरका संयोजक सोम प्रधानले आज वीलभयूले यो ठाउँमा भेला भएर रक्तदान गर्न उपस्थित हुनुभएको छ, यो मानविय कार्यमा सहभागी हुनुभएका सबै सदस्यहरुलाई धन्यवाद दिदै म आफै पनि लामो समयदेखी वीलभयूसंगै जोडिदै कार्यक्रमहरुमा निरन्तरता दिइरहेको बताए । संसार अहिले प्रविधिमैत्री बनेको छ तर रगतको विकल्प भने बन्न नसकेको यो अवस्थामा रगतको विकल्प रगत नै भएकोले रक्तदान गर्ने कार्य मानवीय कार्य भएकोले हामी सबै मिलेर जीवन बचाउने कार्यमा सहभागी हुनुपर्ने कुरामा जोड दिए ।
रक्तदान सम्पन्न गरेका एक जना सहभागीले आफ्नो रगत अरू कसैको जीवन बचाउने कार्यमा प्रयोग हुन्छ भने योभन्दा पुण्य कार्य अरू के हुन्छ होला र ? भन्दै खुशीसाथ रक्तदान गरेको कुरा बताए । अर्का एक सहभागीले रगतचाहिँ कृत्रिम रूपमा उत्पादन गर्न नमिल्ने तर भौतिक उपस्थितिमा कसैको शरीरबाट रगत निकालेर नै दान गर्नुपर्ने तत्त्व भएकोले आफू पनि व्यस्तताको बाबजूद रक्तदान गर्न आएको कुरा जनाए ।
वीलभयूले सन् २००४ मा कोरियाबाट ‘विश्वव्यापी रक्तदान अभियान’ सुरु गरेर २० वर्षभन्दा बढी समयदेखि विश्वका विभिन्न देशहरूमा निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोरियासहित ६७ देशमा कुल १ लाख ५१ हजार ३७ जना सहभागी भएका छन् र ६७ हजार ८४८ जनाले रक्तदान गरेका छन् ।
जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।...
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...
कक्षा १२ को परीक्षा सुरु भएको छ । सोमबारदेखि कक्षा १२ को परीक्षा सुरु...