भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन

  • ख्वपखबर
  • भदौ १०, २०८३

रसुवाको भोटेकोशीमा बाढी आउँदा प्रहरी,अध्यागमन र भन्सारका अधिकारीहरू सम्पर्कविहीन भएका छन् । स्रोतका अनुसार टिमुरेलगायत क्षेत्रमा खटिएका झन्डै १७ जना प्रहरी, केरूङ नाकामा खटिएका अध्यागमनका चार कर्मचारी र भन्सारका आधाजसो कर्मचारी सम्पर्कविहीन बनेका हुन् ।

भन्सारका १४ जना कर्मचारीमध्ये आधाजसो सम्पर्कविहीन भएको बताइएको छ । सम्पर्कमा आएकाहरू भने स्थानीय खैदी गाउँमा गएर बसेका छन् । अध्यागमन अधिकृत भने जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्कमा आएका छन् ।

गृहमन्त्रालयले उनीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका कर्मचारीहरूले पनि सम्पर्कविहीन भएका कर्मचारीको खोजिकार्य भइरहेको बताएका छन् ।

बुधबार बिहान करिब ८:४० बजे रसुवागढी नाका हुँदै बाढी नेपाल प्रवेश गरेको थियो । बाढीले प्रहरी चौकी, भन्सार कार्यालय र हेल्थ पोस्टहरूमा असर पुर्‍याएको बताइएको छ । बाढीका कारण एनटिसी र एनसेलका टावरहरूमा क्षति पुगेको जनाइएको छ । अन्नपूर्णपोस्ट

Your email address will not be published. Required fields are marked *

सम्बन्धित