काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

रसुवाको भोटेकोशीमा बाढी आउँदा प्रहरी,अध्यागमन र भन्सारका अधिकारीहरू सम्पर्कविहीन भएका छन् । स्रोतका अनुसार टिमुरेलगायत क्षेत्रमा खटिएका झन्डै १७ जना प्रहरी, केरूङ नाकामा खटिएका अध्यागमनका चार कर्मचारी र भन्सारका आधाजसो कर्मचारी सम्पर्कविहीन बनेका हुन् ।
भन्सारका १४ जना कर्मचारीमध्ये आधाजसो सम्पर्कविहीन भएको बताइएको छ । सम्पर्कमा आएकाहरू भने स्थानीय खैदी गाउँमा गएर बसेका छन् । अध्यागमन अधिकृत भने जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्कमा आएका छन् ।
गृहमन्त्रालयले उनीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका कर्मचारीहरूले पनि सम्पर्कविहीन भएका कर्मचारीको खोजिकार्य भइरहेको बताएका छन् ।
बुधबार बिहान करिब ८:४० बजे रसुवागढी नाका हुँदै बाढी नेपाल प्रवेश गरेको थियो । बाढीले प्रहरी चौकी, भन्सार कार्यालय र हेल्थ पोस्टहरूमा असर पुर्याएको बताइएको छ । बाढीका कारण एनटिसी र एनसेलका टावरहरूमा क्षति पुगेको जनाइएको छ । अन्नपूर्णपोस्ट
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...