अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

रसुवामा बुधबार बिहान आएको अचानक बाढीबाट टिमुरे, स्याफ्रुबेसीलगायत खोला तथा नदी तटीय क्षेत्रमा क्षति पुगेपछि नेपाली सेनाले खोज तथा उद्धारका लागि टोली परिचालन गरेको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर त्रिशूली पुगेका छन् । त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्याउन नेपाली सेनाको आपत्कालीन स्वास्थ्य उद्धार टोली पनि एमआई–१७ हेलिकप्टरसहित परिचालन भएको सेनाले जनाएको छ ।
यसैगरी, धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ । गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष जनशक्तिसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन सेनाले आग्रह गरेको छ । साथै, प्रभावितको खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग र सहकार्य गर्नसमेत नेपाली सेनाले अनुरोध गरेको छ । गोरखापत्र
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...