काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयबासीलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।
बुधबार ताल फुटेर आएको ठुलो बाढीले अकल्पनीय जनधनको क्षति भएको थियो । शुक्रबार पनि ताल फुटेको सूचना आएलगत्तै नदी छेउ किनारमा जान रोक लगाइएको र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले नारायणी नदी छेउछाउमा व्यापार व्यवसायी गर्न र नदी किनारमा जान रोक लगाइएको जानकारी दिएका छन् ।
नारायणगढको बजार नजिकै नदी किनारमा बाढी हेर्न गएका स्थानीयलाई शुक्रबार दिउसो १२ः३० बजेबाट माइकिङ गरेर सुरक्षित स्थानमा जान अनुरोध गरिएको उनको भनाइ छ ।
नारायणगढ बजारदेखि दक्षिण तर्फको शिवघाट, मङ्गलपुर, शरणपुर हुँदै मेघौली क्षेत्रसम्म नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न सूचना प्रवाह गरिएको पौडेलले बताए ।
चितवन र आसपास मौसम बदली हुने अवस्था रहेको छ । आकासमा कालो बादर मडारिएकाले पानी पर्ने भएपछि थप नदीमा बाढी आउनसक्ने अनुमान गरिएकाले सतर्क रहन प्रशासनले अनुरोध गरेको छ । गोरखापत्र
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...