भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो

  • ख्वपखबर
  • भदौ १२, २०८३

रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयबासीलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । 

बुधबार ताल फुटेर आएको ठुलो बाढीले अकल्पनीय जनधनको क्षति भएको थियो । शुक्रबार पनि ताल फुटेको सूचना आएलगत्तै नदी छेउ किनारमा जान रोक लगाइएको र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले नारायणी नदी छेउछाउमा व्यापार व्यवसायी गर्न र नदी किनारमा जान रोक लगाइएको जानकारी दिएका छन् ।

नारायणगढको बजार नजिकै नदी किनारमा बाढी हेर्न गएका स्थानीयलाई शुक्रबार दिउसो १२ः३० बजेबाट माइकिङ गरेर सुरक्षित स्थानमा जान अनुरोध गरिएको उनको भनाइ छ । 

नारायणगढ बजारदेखि दक्षिण तर्फको शिवघाट, मङ्गलपुर, शरणपुर हुँदै मेघौली क्षेत्रसम्म नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न सूचना प्रवाह गरिएको पौडेलले बताए ।  

चितवन र आसपास मौसम बदली हुने अवस्था रहेको छ । आकासमा कालो बादर मडारिएकाले पानी पर्ने भएपछि थप नदीमा बाढी आउनसक्ने अनुमान गरिएकाले सतर्क रहन प्रशासनले अनुरोध गरेको छ । गोरखापत्र

Your email address will not be published. Required fields are marked *

सम्बन्धित