भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

एकै दिन दुई वडास्तरीय सार्वजनिक सुनुवाई

  • ख्वपखबर
  • असार ३, २०८२

भक्तपुरमा सोमबार एकै दिन दुई वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा सो सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

सूर्यविनायक नगरपालिका वडा नं ६ र वडा नं ७ सार्वजनिक सुनुवाई भएका हुन् । वडा नं ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले गुण्डूको विकासले कोल्टे फेरेको दावी गरेका छन् । वडा अध्यक्ष रवीन्द्र सापकोटाले पुर्वाधार तथा बिकास निर्माणका २३ आयोजनामा मात्रै एक करोड ७९ लाख खर्च भएको जानकारी दिएका छन् ।

सार्वजनिक सुनुवाईमा एक विद्यार्थीले गरेको प्रश्नको जवाफ दिदै वडा नं ६ का वडा अध्यक्ष ईश्वर खड्काले वडाको बजेट आफू खुशी प्रयोग गर्न नसकिने जानकारी दिए । केहि समय अघि निजि विद्यालयमा स्मार्ट बोर्ड तथा प्रोजेक्टर राख्न माग गरेका उनै विद्यार्थीको प्रस्तावलाई चाहेर पनि स्वीकार गर्न र पूरा गर्न नसकिने वडा अध्यक्ष खड्काको भनाइ छ ।

वडा अध्यक्षद्वयले वडाका विभिन्न प्रगतिहरुबारे जानकारी गराउनका साथै वडाबासीहरुले उठाएका प्रश्नहरुबारे स्पष्ट जवाफ फर्काए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित