भर्खरै :
बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने | त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द, कार्तिक ११ गतेदेखि पुनःसंचालन गरिने | जिल्ला सुरक्षा समितिको बैठकले गरेको पाँच बुँदे निर्णय यस्तो छ । | भक्तपुरमा याँमता र मुपात्र जात्रा | अनधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह | अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ |

शुभकामना साकोसको रजत वर्ष समापन

  • ख्वपखबर
  • जेष्ठ २६, २०८२

शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरको रजत वर्ष २०८१।०८२ को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम समापन समारोह सम्पन्न भएको छ ।

संघीय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सांसद थापाले यस शुभकामना साकोसले आफ्ना शेयर सदस्यहरुलाई दिइरहेको सेवा अरु सहकारीको तुलनामा उदाहरणीय रहेको बताउनुभयो । उहाँले यस साकोसले सरकारले ल्याएको नीति तथा ऐन कानुनअन्तर्गत रहेर दिइरहेको सेवा आगामी दिनमा पनि घरेलु, व्यवसायिक र शैक्षिकहितको लागि उपलब्धिमुलुक रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले शुभकामना साकोसले आफ्नो रजतवर्ष अन्तर्गत सामाजिक र शैक्षिक क्षेत्रमा सहकारीको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको जानकारी यस सप्ताहव्यापी कार्यक्रमले गराएको बताउनुभयो।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयरसदस्यहरुमाझ सामाजिक, शैक्षिक एवं व्यवसायिक रुपले साथ र सहयोगमा जुन विश्वास कायम राख्न सफल हुनभएको छ यो अरु सहकारीहरुलाई एउटा सिक र उदाहरणको विषय रहेको बताउनुभयो । उहाँले हाल सहकारीहरुमा देखिएका समस्याबारे चर्चा गर्दै भक्तपुरमा नागरिक र समाजमा सहकारी शिक्षामा बढी सचेत भएको र जिल्ला बचत संघको अभिभावकीय भूमिकाका कारण भक्तपुरका स्थानीय सहकारीहरुमा अरु सहकारीको तुलनामा त्यति समस्या नदेखिएको पनि जानकारी दिनुभयो ।

शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामप्रसाद कासुलाले यस रजत वर्षमा गरेका हरेक कार्यक्रममा आफ्ना संचालक, पदाधिकारी, कर्मचारी र शेयर सदस्यहरुले दिनुभएको साथसहयोगको लागि आभार व्यक्त गर्दै यस सहकारीले सदैव सहकारीको ऐनअन्तर्गत रहेर सेवा दिने पनि प्रतिबद्धता जनाउनुभयो।

जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुबबहादुर रायमाझी, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूलगायतले पनि जिल्लाका सहकारीहरुको अवस्थाबारे चर्चा गर्नुभएको थियो भने राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुबराज विष्ट, प्रोस्कुन बागमतीका महासचिव गोविन्द काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

उक्त समारोहमा रजत वर्ष स्मारिकाको पनि विमोचन गरिएको थियो। त्यस्तै कार्यक्रममा रजत वर्षको अवसरमा आयोजित बाँसुरी बाजाका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र, ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र र निबन्ध प्रतियोगिताबाट उत्कृष्ट हुनसफल भाइबहिनीहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो। साथै दश जना असल ऋणीहरुलाई पनि सम्मान गरिएको थियो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित