भर्खरै :
बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने | त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द, कार्तिक ११ गतेदेखि पुनःसंचालन गरिने | जिल्ला सुरक्षा समितिको बैठकले गरेको पाँच बुँदे निर्णय यस्तो छ । | भक्तपुरमा याँमता र मुपात्र जात्रा | अनधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह | अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ |

शुभकामना साकोसको रजत वर्ष

  • ख्वपखबर
  • जेष्ठ १२, २०८२

शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले रजतवर्षको अवसरमा आफ्नो शेयर सदस्यहरुबीच सहकार्य गर्दै विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ । वि.सं २०५७ जेष्ठ २४ गते ७५ जना सदस्यहरुबाट सुरु गरिएको यस संस्थाले बित्तिय अनुशासन कायम गर्दै हाल १० हजार भन्दा बढी सदस्यहरुलाई बित्तिय सेवा दिइरहेको छ र आफ्नो २५ औं वर्ष एवं रजत वर्षमा प्रवेश गर्न सफल भएको छ ।

यस साकोसले आफ्नो रजतवर्ष अन्तर्गत विभिन्न कार्यक्रम बाँसुरी बाजा प्रशिक्षण, बालबालिका तथा अभिभावकको मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण, स्ट्रोकसम्बन्धी सचेतना कार्यक्रम, शुभकामना साकोसद्वारा नेपाल रेडक्रस सोसाइटी भक्तपुरलाई आर्थिक सहयोग, महिला कानुनी साक्षरता कार्यक्रम, साकोसको सहकारी अवलोकन भ्रमण, समाज परिवर्तनका लागि सहकारीको भूमिका भन्ने शिर्षकमा निबन्ध लेखन प्रतियोगिता जस्ता थुप्रै सहकारी अन्तर्गत र सामाजिक कार्यक्रम जात्रामा पानी वितरण, ऐतिहासिक मठमन्दिर सरसफाई, वडाअन्तर्गत फोहोर व्यवस्थापनका लागि बाल्टिन वितरण गरेको छ ।

यस साकोसले आफ्नो संस्थाका शेयर सदस्यलाई प्राथमिकता दिँदै वित्तिय सेवा र मनोवल विकासका निमित्त रहेर काम गर्दै रजतवर्ष पार गर्न लागेको साकोसका अध्यक्ष रामप्रसाद कासुला बताउनुभयो । साकोसले रजतवर्ष अन्तर्गत गरेका कार्यहरुलाई आगामी दिनमा पनि निरन्तरता दिँदै संस्थाले “रजत स्मारिका २०८२” प्रकाशन गरेको पनि उहाँले जानकारी दिनुभयो ।

साकोसले रजतवर्ष अन्तर्गत नै यही मिति २०८२ साल जेठ महिनाभरि विभिन्न कार्य योजना बनाएर कार्यक्रम गर्ने र रजत वर्ष २०८२ को स्मारिका पनि विमोचन गर्ने संस्थाकी व्यवस्थापक रेश्मी श्रेष्ठले जानकारी दिनुभएको छ ।

त्यस अन्तर्गत २०८२ जेष्ठ १७ गते बालमनोविज्ञान अभिमुखीकरण, १९ गते जेष्ठ सदस्य तीर्थ भ्रमण, २० गते रक्तदान तथा स्वास्थ्य शिविर, २१ गते व्याडमिन्टन प्रतियोगिता, २२ ऐतिहासिक क्षेत्रको सरसफाई कार्यक्रम, २३ गते शुभकामना प्रभातफेरी र्याली र २४ गते समापन कार्यक्रम रहेको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित