एकै दिन आठ हजार एक सय रुपियाँले बढ्यो सुनको मूल्य
- अशोज २८, २०८२
- ख्वपखबर
नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
 
    						नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आइतबार भक्तपुरका चार वटै नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । पत्रकारको हकहित, प्रबर्द्धन तथा विकासका लागि शाखाले सो ज्ञापन पत्र बुझाएको हो ।
स्वरोजगार मूलक मिडिया सञ्चालन गर्ने पत्रकारहरुको हकहित, प्रबर्द्धन तथा विकासका लागि नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न ज्ञापन पत्र मार्फत माग गरेको नेपाल पत्रकार महासंघमा अध्यक्ष सुन्दर शिल्पकारले जानकारी दिनुभयो ।

महासंघले बुझाएको ज्ञापन पत्र मार्फत माग गरिएका बुँदाहरु यसप्रकार छन् ।
१ पत्रकार महासंघ भक्तपुर शाखामा धेरै स्वरोजगारमूलक गिडिया आबद्ध रहेकाले यिनीहरुको संरक्षण र विकासका लागि विशेष योजना तथा नीति बनाउन माग गर्दछौं ।
२. मिडिया विकासका लागि लोककल्याणकारी विज्ञापन तथा फेलोसिपको व्यवस्था गर्न माग गर्दछौं ।
३ साप्ताहिक, पाक्षिक, मासिक जस्ता छापा माध्यमको ऐतिहासिक महत्व र ति माध्यमहरुले खेलेको भुमिका मनन् गर्दै यस्ता छापा माध्यमको संरक्षण र प्रबर्द्धनका लागि नगरपालिकाले विशेष योजना ल्याउन आग्रह गर्दछौं ।
४. पत्रकारहरुको सिप तथा क्षमता विकासका लागि तालिम, गोष्ठी, सेमिनारको लागि कम्तीमा वार्षिक १० लाख बजेटको व्यवस्था गर्न माग गर्दछौं ।
५. लोककल्याणकारी विज्ञापन तथा अन्य सूचना सन्देश विभिन्न भाषाभाषि, महिला, दलित, आदिवासी तथा जनजातिहरु प्रकाशक तथा सम्पादक रहेका मिडियालाई प्राथमिकता दिई समावेशी ढंगले वितरण गर्न माग गर्दछौं ।
६. स्थानीय तहबाट निमाण गर्ने मिडिया नीति तथा ऐन कानुन मिडियामैत्री र संविधानको भावना अनुरुप हुने गरी निमर्माण गर्न माग गर्दछौं ।
७. यस नगरपालिकाका सबै खालका कार्यक्रममा पत्रकार महासघ भक्तपुर जिल्ला शाखा संग आपसी सहकार्य गर्न आग्रह गर्दछौं ।

नेपाली बजारमा सुनको मूल्य एकै दिन आठ हजार एक सय रुपियाँले बढेको छ ।...
भक्तपुरका प्रजापति समुदाय बजारमा पालाको माग पुरा गर्न व्यस्त रहेका छन् । तिहार नजिकिएसँगै...
भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको बाला टोलका स्थानीय मखमली फूल टिप्न र...