भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

किन बुझाए महासंघले ज्ञापनपत्र ?

  • ख्वपखबर
  • जेष्ठ १२, २०८२

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आइतबार भक्तपुरका चार वटै नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । पत्रकारको हकहित, प्रबर्द्धन तथा विकासका लागि शाखाले सो ज्ञापन पत्र बुझाएको हो ।

स्वरोजगार मूलक मिडिया सञ्चालन गर्ने पत्रकारहरुको हकहित, प्रबर्द्धन तथा विकासका लागि नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न ज्ञापन पत्र मार्फत माग गरेको नेपाल पत्रकार महासंघमा अध्यक्ष सुन्दर शिल्पकारले जानकारी दिनुभयो ।

महासंघले बुझाएको ज्ञापन पत्र मार्फत माग गरिएका बुँदाहरु यसप्रकार छन् ।
१ पत्रकार महासंघ भक्तपुर शाखामा धेरै स्वरोजगारमूलक गिडिया आबद्ध रहेकाले यिनीहरुको संरक्षण र विकासका लागि विशेष योजना तथा नीति बनाउन माग गर्दछौं ।
२. मिडिया विकासका लागि लोककल्याणकारी विज्ञापन तथा फेलोसिपको व्यवस्था गर्न माग गर्दछौं ।
३ साप्ताहिक, पाक्षिक, मासिक जस्ता छापा माध्यमको ऐतिहासिक महत्व र ति माध्यमहरुले खेलेको भुमिका मनन् गर्दै यस्ता छापा माध्यमको संरक्षण र प्रबर्द्धनका लागि नगरपालिकाले विशेष योजना ल्याउन आग्रह गर्दछौं ।
४. पत्रकारहरुको सिप तथा क्षमता विकासका लागि तालिम, गोष्ठी, सेमिनारको लागि कम्तीमा वार्षिक १० लाख बजेटको व्यवस्था गर्न माग गर्दछौं ।
५. लोककल्याणकारी विज्ञापन तथा अन्य सूचना सन्देश विभिन्न भाषाभाषि, महिला, दलित, आदिवासी तथा जनजातिहरु प्रकाशक तथा सम्पादक रहेका मिडियालाई प्राथमिकता दिई समावेशी ढंगले वितरण गर्न माग गर्दछौं ।
६. स्थानीय तहबाट निमाण गर्ने मिडिया नीति तथा ऐन कानुन मिडियामैत्री र संविधानको भावना अनुरुप हुने गरी निमर्माण गर्न माग गर्दछौं ।
७. यस नगरपालिकाका सबै खालका कार्यक्रममा पत्रकार महासघ भक्तपुर जिल्ला शाखा संग आपसी सहकार्य गर्न आग्रह गर्दछौं ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित