भर्खरै :
वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित  | कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु | आन्दोलनमा लुटपाट गरिएको तस्बिर, भिडियो पठाउन प्रहरीको अनुरोध  | जेन-जी प्रदर्शन: पोस्टमार्टम गरेर शव हस्तान्तरण  | गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गरिदै | बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने |

इतिहास रच्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, एकै व्यक्तिमा कलेजो र मृगौला प्रत्यारोपण

  • ख्वपखबर
  • जेष्ठ ११, २०८२

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृगौला र कलेजो प्रत्यारोपण नेपाली विज्ञहरुबाटै एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेर इतिहास रच्न सफल भएको छ । २०८२ जेष्ठ १ गते मष्तिस्क मृत अंगदाताबाट प्राप्त मृगौला र कलेजो देशमै पहिलो पटक एकै व्यक्तिमा सफल प्रत्यारोपण गरि इतिहास रचेको हो ।

संसारकै सबै भन्दा जटिल शल्यक्रिया मध्येको यो कार्य संसारमै बिरलै हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अर्को मृगौला एक ४२ वर्षिया महिलामा प्रत्यारोपण गरिएको हो । प्रत्यारोपित व्यक्तिहरुले स्वास्थ्य लाभ गरिरहेका छन भने केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेको अस्पतालका प्रमुख डा. पुकर चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

डा. पुकारले आफ्नै नेतृत्वमा देशमै पहिलो पटक मिति २०७४ बैशाख २८ गते मस्तिष्क मृत व्यक्तिबाट दुई मृगौला प्रत्यारोपण गरिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म ६ जना व्यक्तिबाट १२ जनाको मृगौला र ४ जनाको कलेजो गरी जम्मा १५ जनाको प्रत्यारोपण भएको छ ।

नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन ४ देखि ६ जनाको मृत्यू हुने गर्दछ र काठमाडौं उपत्यकामा मात्रै वार्षिक करीब १००० जनाको मस्तिष्क मृत्यू हुने अनुमान गरिएको छ । एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ जना पुर्नजीवन पाउन सक्ने उहाँको भनाइ छ । उहाँका अनुसार मस्तिष्क मृत्यू भएको व्यक्तबाट दुई मृर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्र गरी ८ जानाले पुर्नजीवन पाउन सक्दछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मा. प्रदीप पौडेलज्यू मस्तिष्क मृत्यू पश्चात हुने अंगदान जस्तो पवि कार्यलाई थप प्रोत्साहान प्रदान गर्न अंगदाताको परिवारलाई आर्थिक सहयोग वृद्धि गरी रु २ लाख त अंगदाता अस्पताललाई रु ७५ हजार सहयोग गर्ने घोषणा गर्नु भएकोले यस कार्यले अब गति लिने विश्वास उहाँको रहेको छ ।

एकै व्यक्तिमा मस्तिष्क मृत व्यक्तिबाट प्राप्त कलेजो र मृर्गौला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षत्रले ठूलो फड्‌को मार्न सम्भब भएको उहाँको ठम्याई छ । उहाँले भन्नुभयो, “मस्तिष्क मृत्यू पश्चातको अंगदान र प्रत्यारोपण संसारमै कठिनताका साथ स्थापित हुँदै गएको हुँदा यस सम्बन्धि व्यापक जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्च्छिमी मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशत भन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यू पश्चात हुने अंगदान बाट हुन सक्दछ र देश अंग प्रत्यारोपण्मा आत्म निर्भर हुन सक्दछ ।”

प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले आफ्नै नेतृत्वमा उक्त प्रयारोपणमा कलेजो तर्फ डा. रोशन घिमिरे र डा. प्रविण महर्जनले सघाउनु भएको थियो भने मृर्गौला तर्फ डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा. रोजन अधिकारी डा. विकास खड्‌का लगायतले सघाउनु भएको थियो । एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा रेखा श्रेष्ठ, लगायतले सहयोग गर्नुभएको थियो ।

यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पना कुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा सन्तोष सुवेदी डा रुबश नाथ योगी र डा. विक्रमवीर बज्राचार्य सहभागी हुनुहुन्थ्यो भने रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा सुधिर जोशी, डा जी एलिनले कार्य गर्नु भएको थियो । प्याथोलोजि विभागबाट डा. सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे, ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा बादल महर्जन, तारा साँध, सरु कोजु, बन्दना खत्रीले समन्वय गर्नु भएको थियो भने नर्सिङ विभागबाट निर्देशक पुजा कोइराला, इन्चार्जहरु अस्मिता कटुवाल, बबिता लवजु, अनिता कार्की, मीना खर्बुजा, एलिसा श्रेष्ठको टिमले सघाएको थियो । फोकल पर्सन गौरव पन्थ तथा राम चन्द्र पौडेलले व्यवस्थापकीय जिम्मेवारी निभाएका थिए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित