भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन
- अशोज ४, २०८३
- ख्वपखबर
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...

४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको छ । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नारासहित नेपाल सम्बत् ११०० (वि.सं.२०३७) देखि प्रत्येक वर्ष निरन्तररूपमा हुँदै आएको नेपालभाषा साहित्य तःमुंज्या यश वर्ष यातामा हुने भएको हो ।
यस वर्षको नेपालभाषा साहित्य तःमुंज्या ने.सं.११४६ कौला थ्व द्वादशी र त्रयोदशी (कार्तिक ६ र ७ गते) विहान ११ बजेदेखि सुरू हुने आयोजकले जनाएका छन् ।
भाषा, लिपि, साहित्य, कला, संस्कृति र सम्पदा मानव विकासको अमूल्य निधी हुन् । यसको उन्नति, प्रगति तथा संरक्षणको लागि योगदान पुर्याउनु हामी सबैको साझा कर्तब्य हो । तःमुंज्याले बहुमत जनताको पक्षमा आवाज उठाउँदै राजनीतिक, सामाजिक र सांस्कृतिक चेतनास्तर बढाउने काम गर्दै आएको छ । यसर्थ नेपालभाषा साहित्य तःमुंज्या राजनीतिक र साहित्यिक दबु पनि हो ।
तःमुंज्याको प्रमुख उद्देश्य नेपालभाषाको संरक्षण, संवद्र्धन र विकास गर्नुका साथै नेपालभाषा साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धन गर्नुका साथै जनजीवनसँग सम्बन्धित सामाजिक विषयलाई साहित्य, कला र सांस्कृतिक प्रस्तुतिमार्फत जनताको चेतना बढाउने उद्देश्य तःमुंज्याले लिँदै आएको छ ।
नेपालभाषाको प्रयोगलाई नयाँ पुस्तासम्म विस्तार गर्ने, नयाँ स्रष्टालाई सिर्जना र प्रस्तुतीकरणका लागि अवसर प्रदान गर्ने तथा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्ने कार्यमा तःमुंज्याले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तःमुंज्या केवल साहित्य सम्मेलनमा सीमित नभई साहित्य, संस्कृति र सामाजिक चेतनाको विश्वविद्यालयको रूपमा सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपालभाषामा कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन भइरहेको छ भने आमन्त्रित तथा अतिथि साहित्यकारहरूबाट आ–आफ्नो महत्वपूर्ण रचनासमेत प्रस्तुत हुने गर्दछ ।
जेनजी विद्रोहमा घुसपैठ र निहत्था जनताको हत्या, त्यसले देशमा भएको आगजनी, विध्वंस, देश विदेशका प्रतिक्रियावादीहरूले कसरी दुरूत्साहन गरे, त्यसको भण्डाफोर गर्नेलगायत भर्खरै मात्र रसुवाको भोटेकोशीमा आएको हिमपहिरो र त्यसबाट पीडितका दुःखबारे र प्राकृतिक विपतिबाट सुरक्षित हुने विषयमा तःमुंज्याको दबुमा साहित्य वाचन र सांस्कृतिक विधा प्रस्तुत हुने विश्वास आयोजकको रहेको छ ।
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...