काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विपद व्यवस्थापन नीति संगै प्रकोप न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिने बताएका छन् । आज आयोजना गरिएको नगरासभाको बाह्रौँ अधिवेशनमा नगरप्रमुख श्रेष्ठले प्रकोप न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिने बताएका हुन् ।
उनले भने, ”विपद व्यवस्थापन कोषलाई थप सुदृढ गरि विपद पूर्व तयारी, न्यूनीकरणमा संलग्न साझेदार संस्थाहरूको सहयोगमा प्रकोप उद्धार सामग्री खरिद तथा प्रकोप न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।”
विपदमा परेका नगरवासीहरूलाई तत्काल खोज, उद्धार तथा राहत सामग्री वितरण गर्न आवश्यक व्यवस्था मिलाइनुका साथै नगरपालिका क्षेत्र भित्र एम्बुलेन्स, शव बाहन तथा दमकलको सहज व्यवस्था मिलाईने उनले जनाए ।

उनका अनुसार प्रत्येक वडामा विपद व्यवस्थापन अन्तर्गत खोज तथा उद्धार सामग्री भण्डारणको व्यवस्था मिलाई हनुमन्ते र मनोहरा खोलाको बहाब क्षेत्र अवरोध भई हुन सक्ने डुवान नियन्त्रणको कार्ययोजना बनाई कार्यान्वयनमा लगिने छ ।
स्थानीय विपद तथा जलवायु उत्थानशिल कार्य योजना (LDCRP) बनाई सोही अनुसार तदारुकताका साथ विपद न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना कार्यान्वयन गरिने उनको भनाइ छ ।
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...