“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विपद व्यवस्थापन नीति संगै प्रकोप न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिने बताएका छन् । आज आयोजना गरिएको नगरासभाको बाह्रौँ अधिवेशनमा नगरप्रमुख श्रेष्ठले प्रकोप न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिने बताएका हुन् ।
उनले भने, ”विपद व्यवस्थापन कोषलाई थप सुदृढ गरि विपद पूर्व तयारी, न्यूनीकरणमा संलग्न साझेदार संस्थाहरूको सहयोगमा प्रकोप उद्धार सामग्री खरिद तथा प्रकोप न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।”
विपदमा परेका नगरवासीहरूलाई तत्काल खोज, उद्धार तथा राहत सामग्री वितरण गर्न आवश्यक व्यवस्था मिलाइनुका साथै नगरपालिका क्षेत्र भित्र एम्बुलेन्स, शव बाहन तथा दमकलको सहज व्यवस्था मिलाईने उनले जनाए ।

उनका अनुसार प्रत्येक वडामा विपद व्यवस्थापन अन्तर्गत खोज तथा उद्धार सामग्री भण्डारणको व्यवस्था मिलाई हनुमन्ते र मनोहरा खोलाको बहाब क्षेत्र अवरोध भई हुन सक्ने डुवान नियन्त्रणको कार्ययोजना बनाई कार्यान्वयनमा लगिने छ ।
स्थानीय विपद तथा जलवायु उत्थानशिल कार्य योजना (LDCRP) बनाई सोही अनुसार तदारुकताका साथ विपद न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना कार्यान्वयन गरिने उनको भनाइ छ ।
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक...
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना...