बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान
- भदौ ११, २०८३
- नारायण थापा
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...

भक्तपुरमा दृष्टिविहिन, शारिरीक, बौद्धिक, बहु–अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरूलाई मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम, बि एम आइ परीक्षण तथा रक्तचाप मापन कार्यक्रम सम्पन्न गरेको छ । समानताका लागि आवाज र भक्तपुर नेत्रहिन संघ, भक्तपुरको आयोजना र नेपाल हृदयरोग निवारण प्रतिष्ठान भक्तपुरको सहआयोजनामा सो मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा आयोजक तथा सहआयोजक संस्थाका सदस्य तथा अन्य सहभागीहरू गरी ४५ जनाको उपस्थिति रहेको थियो । जसमध्ये १५ जना पुरूष र २५ जना महिला गरी जम्मा ४० जनाले सोही कार्यक्रममा बि एम आइ परीक्षण तथा रक्तचाप मापन कार्यक्रममा सक्रिय सहभागिता जनाए । उक्त परीक्षणको प्रतिवेदन अनुसार १२ जनामा सामान्य, १३ जनामा मोटोपना, १३ जनामा अधिक तौल र २ जनामा अधिक मोटोपन देखिएको छ भने उच्च रक्तचाप ७ जना, न्युन रक्तचाप ३ जना रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका सभापति राजुराम मुनंकर्मीले मुटुरोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम र द्यःक्ष् परीक्षण कार्यक्रमले समाज परिवर्तन र मुटुलाई स्वस्थ राखी दैनान्दिन कार्यमा सक्रियतापूर्वक लागिपर्न महत्वपूर्ण भूमिका निभाउने बताए । त्यसैगरी बिशेष अतिथि डा.शैलेन्द्रबीर कर्माचार्यले प्रतिष्ठानले विभिन्न संघ संस्था, सहकारीहरूसँग समन्वय गर्दै सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमहरू सहनिय र महत्वपूर्ण रहेको चर्चा गर्दै मुटु रोग लाग्नाका कारणहरू, मुटुरोग लाग्न नदिन अपनाउनुपर्ने सावधानी र उपायहरू, उच्च रक्तचापले पार्न सक्ने विभिन्न असरहरू, हृदयघातका लक्षण तथा अपनाउनु पर्ने सतर्कता आदिबारे सविस्तार सचेतनामूलक प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष समानताका लागि आवाजका अध्यक्ष सुरेश राजभण्डारीले प्रतिष्ठानका गतिविधिहरूबाट प्रभावित भएको र आयोजक दुबै संस्थाका विविध गतिविधिहरूमध्ये जीवनशैलीमा परिवर्तन, सचेतनामूलक ज्ञान अभिबृद्धिको लागि यो थप कार्यक्रमको आयोजना गरिएको बताउदै समाज रूपान्तरणको लागि सबै वर्ग, तह र तप्का मिलेर एक आपसमा होस्तेमा हैंसे गर्नुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिए ।
प्रतिष्ठानका महिला सशक्तिकरण उपसमितिका संयोजक विद्या राजभण्डारीले सहभागी सबैलाई स्वागत गर्नुहुँदै पहिलोपटक दृष्टिविहिन तथा विविध अपाङ्ता भएका व्यक्ति केन्द्रीत सचेतनामूलक कार्यक्रमले लक्षितवर्ग लाभान्वित हुने कुरामा विश्वस्त रहन सकिने बताईन् ।
सहभागीहरूमध्ये दृष्टिविहिन १० जना र शारिरीक तथा बौद्धिक अपाङ्गता भएका व्यक्ति २० जना सहभागी रहेको उक्त कार्यक्रमको अन्तमा समाजसेवी अनन्त धौभडेललगायतले राख्नुभएको जिज्ञासाको डा.कर्माचार्यले प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको अन्तमा प्रस्तोता डा.कर्माचार्यलाई ३ वटै संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...
जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।...
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...