त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द, कार्तिक ११ गतेदेखि पुनःसंचालन गरिने
- भदौ २६, २०८२
- ख्वपखबर
त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ । मुलुकभर विद्यमान...
भक्तपुरमा दृष्टिविहिन, शारिरीक, बौद्धिक, बहु–अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरूलाई मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम, बि एम आइ परीक्षण तथा रक्तचाप मापन कार्यक्रम सम्पन्न गरेको छ । समानताका लागि आवाज र भक्तपुर नेत्रहिन संघ, भक्तपुरको आयोजना र नेपाल हृदयरोग निवारण प्रतिष्ठान भक्तपुरको सहआयोजनामा सो मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा आयोजक तथा सहआयोजक संस्थाका सदस्य तथा अन्य सहभागीहरू गरी ४५ जनाको उपस्थिति रहेको थियो । जसमध्ये १५ जना पुरूष र २५ जना महिला गरी जम्मा ४० जनाले सोही कार्यक्रममा बि एम आइ परीक्षण तथा रक्तचाप मापन कार्यक्रममा सक्रिय सहभागिता जनाए । उक्त परीक्षणको प्रतिवेदन अनुसार १२ जनामा सामान्य, १३ जनामा मोटोपना, १३ जनामा अधिक तौल र २ जनामा अधिक मोटोपन देखिएको छ भने उच्च रक्तचाप ७ जना, न्युन रक्तचाप ३ जना रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका सभापति राजुराम मुनंकर्मीले मुटुरोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम र द्यःक्ष् परीक्षण कार्यक्रमले समाज परिवर्तन र मुटुलाई स्वस्थ राखी दैनान्दिन कार्यमा सक्रियतापूर्वक लागिपर्न महत्वपूर्ण भूमिका निभाउने बताए । त्यसैगरी बिशेष अतिथि डा.शैलेन्द्रबीर कर्माचार्यले प्रतिष्ठानले विभिन्न संघ संस्था, सहकारीहरूसँग समन्वय गर्दै सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमहरू सहनिय र महत्वपूर्ण रहेको चर्चा गर्दै मुटु रोग लाग्नाका कारणहरू, मुटुरोग लाग्न नदिन अपनाउनुपर्ने सावधानी र उपायहरू, उच्च रक्तचापले पार्न सक्ने विभिन्न असरहरू, हृदयघातका लक्षण तथा अपनाउनु पर्ने सतर्कता आदिबारे सविस्तार सचेतनामूलक प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष समानताका लागि आवाजका अध्यक्ष सुरेश राजभण्डारीले प्रतिष्ठानका गतिविधिहरूबाट प्रभावित भएको र आयोजक दुबै संस्थाका विविध गतिविधिहरूमध्ये जीवनशैलीमा परिवर्तन, सचेतनामूलक ज्ञान अभिबृद्धिको लागि यो थप कार्यक्रमको आयोजना गरिएको बताउदै समाज रूपान्तरणको लागि सबै वर्ग, तह र तप्का मिलेर एक आपसमा होस्तेमा हैंसे गर्नुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिए ।
प्रतिष्ठानका महिला सशक्तिकरण उपसमितिका संयोजक विद्या राजभण्डारीले सहभागी सबैलाई स्वागत गर्नुहुँदै पहिलोपटक दृष्टिविहिन तथा विविध अपाङ्ता भएका व्यक्ति केन्द्रीत सचेतनामूलक कार्यक्रमले लक्षितवर्ग लाभान्वित हुने कुरामा विश्वस्त रहन सकिने बताईन् ।
सहभागीहरूमध्ये दृष्टिविहिन १० जना र शारिरीक तथा बौद्धिक अपाङ्गता भएका व्यक्ति २० जना सहभागी रहेको उक्त कार्यक्रमको अन्तमा समाजसेवी अनन्त धौभडेललगायतले राख्नुभएको जिज्ञासाको डा.कर्माचार्यले प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको अन्तमा प्रस्तोता डा.कर्माचार्यलाई ३ वटै संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ । मुलुकभर विद्यमान...
भक्तपुर, जेन्यूइन सेकेण्डरी स्कूलले ‘जेस संस्कृति सम्पदा सिरपा २०८२’ प्रदान गर्ने गर्ने भएको छ...
भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं.४ दधिकोट भक्तपुरमा “हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२” सम्पन्न...