वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित
- भदौ २७, २०८२
- ख्वपखबर
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
शंकर नेशनल स्कूलमा मासिक प्रदर्शनी कार्यक्रम अन्तर्गत मासिक विज्ञान प्रदर्शनी गरेका छन् । सूर्यबिनायक–०४, भक्तपुरमा स्थित ‘क’ वर्गीकृत सो विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्मका नानीबाबुहरुले उक्त प्रदर्शनी गरेका हुन् ।
प्रदर्शनीमा झण्डै १६ वटा स्टलहरु राखिएको थियो । कक्षा १ का नानीबाबुहरुको लागि यो नौलो र पहिलो प्रयास पनि थियो र सम्पुर्ण नानीबाबुहरुको सक्रिय सहभागिता पनि रहेको थियो । प्रदर्शनी अवलोकन तथा अध्ययनका लागि सम्पुर्ण कक्षाहरु प्रि–स्कूलदेखि २०८२ को एसईई तयारी गरिरहेका नानीबाबुहरुको समेत सहभागिता रहेको थियो ।
प्रदर्शनीमा हरेक विषयका शिक्षकहरुको सहयोग र नानीबाबुहरुको पुर्ण सक्रियता र सहभागिताको कारण यो कार्यक्रम पूर्ण उपलब्धीमुलक भएको र हरेक महिनामा सिकेका विषयवस्तुहरुलाई व्यवहार र अभ्यासका लागि यस्तै प्रकृतिका कार्यक्रम अति नै उपयुक्त हुने विद्यालयका प्रिन्सिपल सरण चौलागाईंले बताउनुभयो । उहाँले यस प्रदर्शनीमा ज्वालामुखी देखि स्मार्ट सिटी सम्म भौतिक शास्त्र र रसायन शास्त्रलाई अलि बढी जोड दिइएको पनि जानकारी दिनुभयो ।
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ । मुलुकभर विद्यमान...
भक्तपुर, जेन्यूइन सेकेण्डरी स्कूलले ‘जेस संस्कृति सम्पदा सिरपा २०८२’ प्रदान गर्ने गर्ने भएको छ...