भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

शंकर नेशनल स्कूलमा मासिक विज्ञान प्रदर्शनी

  • ख्वपखबर
  • असार ८, २०८२

शंकर नेशनल स्कूलमा मासिक प्रदर्शनी कार्यक्रम अन्तर्गत मासिक विज्ञान प्रदर्शनी गरेका छन् । सूर्यबिनायक–०४, भक्तपुरमा स्थित ‘क’ वर्गीकृत सो विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्मका नानीबाबुहरुले उक्त प्रदर्शनी गरेका हुन् ।

प्रदर्शनीमा झण्डै १६ वटा स्टलहरु राखिएको थियो । कक्षा १ का नानीबाबुहरुको लागि यो नौलो र पहिलो प्रयास पनि थियो र सम्पुर्ण नानीबाबुहरुको सक्रिय सहभागिता पनि रहेको थियो । प्रदर्शनी अवलोकन तथा अध्ययनका लागि सम्पुर्ण कक्षाहरु प्रि–स्कूलदेखि २०८२ को एसईई तयारी गरिरहेका नानीबाबुहरुको समेत सहभागिता रहेको थियो ।

प्रदर्शनीमा हरेक विषयका शिक्षकहरुको सहयोग र नानीबाबुहरुको पुर्ण सक्रियता र सहभागिताको कारण यो कार्यक्रम पूर्ण उपलब्धीमुलक भएको र हरेक महिनामा सिकेका विषयवस्तुहरुलाई व्यवहार र अभ्यासका लागि यस्तै प्रकृतिका कार्यक्रम अति नै उपयुक्त हुने विद्यालयका प्रिन्सिपल सरण चौलागाईंले बताउनुभयो । उहाँले यस प्रदर्शनीमा ज्वालामुखी देखि स्मार्ट सिटी सम्म भौतिक शास्त्र र रसायन शास्त्रलाई अलि बढी जोड दिइएको पनि जानकारी दिनुभयो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित