अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले पवित्र सांस्कृतिक पर्व जनै पूर्णिमा तथा रक्षा बन्धन (ऋषितर्पणी) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री थापाले चाडपर्व र खुसीको यस समयमा यही भदौ १० गतेको बाढीमा परेर ज्यान गुमाएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले भने, ‘चाडपर्व र खुसीको यस समयमा यही भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीको कारण जनधनको ठुलो क्षति भएको खबरले मलाई व्यक्तिगत रूपमा अत्यन्त दुःखी बनाएको छ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
यस कठिन र दुःखद परिस्थितिमा बागमती प्रदेश सरकार पीडित परिवारको साथमा छ; विपद्को यस घडीमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने कुनै पनि कसर र प्रयास बाँकी नराखिने प्रतिबद्धता व्यक्त गर्दछु । बागमती प्रदेश सरकारको सम्पूर्ण सरकारी संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गर्दै म आफू पनि यस क्षेत्रमा खटिइनै रहेको ब्यहोरा अवगत गराउँछु ।
तसर्थ, यस चुनौतीपूर्ण परिस्थितिमा कोही पनि नआत्तिन र धैर्य धारण गर्न हार्दिक अनुरोध गर्दछु । सरकार तपाईंहरूकै अभिभावकत्वका लागि निरन्तर खटिरहेकाले सतर्कता अपनाउँदै एक-आपसमा सहयोग र एकता कायम राख्न अपिल गर्दछु ।’
जनै पूर्णिमा तथा रक्षा बन्धनको यस पावन अवसरले हामी सबैमा सामाजिक सद्भाव, भाइचारा र एकता कायम गर्दै समृद्ध बागमती प्रदेश निर्माण तथा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना उनले व्यक्त गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...