यु–१९ एसिया कपमा बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
- मंसिर २९, २०८२
- ख्वपखबर
यु–१९ एसिया कपमा नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । एसिसी यु–१९ एसिया कप क्रिकेट...
भक्तपुरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीहरुले समेत सहभागिता जनाएको छ । भक्तपुर युवा टीम गोल्मढीले आयोजना गरेको दुईदिने कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीहरुले पनि सहभागिता जनाएको हो ।
शुक्रबार महेश्वरी बैक्वेट थुसाचामा सुरु भएको सो प्रतियोगितामा भारतबाट ४ र इंग्ल्याण्डबाट १ जना गरि पाँच जना अन्तर्राष्ट्रिय खेलाडीले प्रतियोगितामा भाग लिएको आयोजकले जानकारी दिएको हो । आयोजकका अनुसार प्रतियोगितामा २५ जिल्लाबाट पाँच महिलासहित एक सय २७ जनाको सहभागिता रहेको थियो । बुद्धिचाल प्रतियोगतामा ८ वर्षदेखि ६८ वर्ष उमेर समुहको सहभागिता रहेको थियो ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगिता शुक्रबार ५ राउण्ड भएको र बाकी ४ राउण्ड आज शनिबार हुने बताउँनुभयो । प्रतियोगिताको समापन आजै हुनेछ ।
यु–१९ एसिया कपमा नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । एसिसी यु–१९ एसिया कप क्रिकेट...
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले खेलकुदले अनुशासन र कर्तव्यप्रति सचेत पार्ने...
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स...