भक्तपुरमा मिस्टर भक्तपुर तथा महिला एथलेटिक्स फिटनेस-२०८३ हुँदै
- भदौ ८, २०८३
- ख्वपखबर
भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघको आयोजनामा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला...

भक्तपुरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीहरुले समेत सहभागिता जनाएको छ । भक्तपुर युवा टीम गोल्मढीले आयोजना गरेको दुईदिने कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीहरुले पनि सहभागिता जनाएको हो ।
शुक्रबार महेश्वरी बैक्वेट थुसाचामा सुरु भएको सो प्रतियोगितामा भारतबाट ४ र इंग्ल्याण्डबाट १ जना गरि पाँच जना अन्तर्राष्ट्रिय खेलाडीले प्रतियोगितामा भाग लिएको आयोजकले जानकारी दिएको हो । आयोजकका अनुसार प्रतियोगितामा २५ जिल्लाबाट पाँच महिलासहित एक सय २७ जनाको सहभागिता रहेको थियो । बुद्धिचाल प्रतियोगतामा ८ वर्षदेखि ६८ वर्ष उमेर समुहको सहभागिता रहेको थियो ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगिता शुक्रबार ५ राउण्ड भएको र बाकी ४ राउण्ड आज शनिबार हुने बताउँनुभयो । प्रतियोगिताको समापन आजै हुनेछ ।
भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघको आयोजनामा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला...
एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले हराएको...
यु–१९ एसिया कपमा नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । एसिसी यु–१९ एसिया कप क्रिकेट...