भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

एसीसी महिला प्रिमियर कपमा नेपालको शानदार विजय

  • जेष्ठ २०, २०८३

एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतार १६.५ ओभरमा ७६ रन बनाउँदै अल आउट भएको थियो ।

कतारले दिएको ७७ रनको विजय लक्ष्य पछाएको नेपालले १०.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा ओपनर ब्याटर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । उनले ३० बलमा ४ चौका प्रहार गरिन् । दोस्रो विकेटका लागि पूजा महतो र बिन्दु रावलले ४१ रनको साझेदारी गरे । पूजा महतो २८ रनमा अविजित रहिन्। कप्तान इन्दु बर्मा ५ बलमा १ चौकासहित ६ रनमा अविजित रहिन् ।

कतारका लागि बलिङतर्फ साहिरिननवाब खान र खादिजा अहमदले १-१ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको कतारको लागि ओपनर ब्याटर गीतरुड चान्दिरुले सर्वाधिक २५ रन बनाइन् उनले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरिन् । पहिलो विकेटका लागि दुई ओपनरद्वय फातिमा मुकादमसँग उनले ३५ रनको साझेदारी बनाएकी थिइन् । सुरुवात मध्यम भएपनि त्यसपछि भने कतारले लय समाउन सकेन । कप्तान आयशाले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् फलस्वरूप कतार ७६ रनमा रोकिएको थियो ।

नेपालको लागि बलिङतर्फ रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन् ।‌ कविता कुँवर, रिया शर्मा र पूजा महतोले १-१ विकेट लिए। नेपालले दोस्रो खेल भुटानसँग खेल्नेछ । प्रिमियर कपको सेमीफाइनलिस्ट एसिया कपको लागि छनोट हुनेछन् । अन्नपूर्णपोस्ट

Your email address will not be published. Required fields are marked *

सम्बन्धित