भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते
- जेष्ठ २१, २०८३
- ख्वपखबर
भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक...

भक्तपुरको चाँगुनारायण नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । बुधबार बेलुका ७: २५ बजे कलामसी स्थितमा नगरकोटबाट जीतपुर तर्फ आउँदै गरेको ना. ५ त. २८४७ नं. को ढलान गर्ने मिक्सचर जडित ट्याक्टर दुर्घटनामा परेको हो ।
आफै अनियन्त्रित भई सडकमा पल्टिएको ट्याक्टरमा १३ जन सवार थिए । घाइते भएका दुई जनाको भक्तपुर अस्पतालमा उपचारकै क्रमम मृत्यु भएको भक्तपुर प्रहरी परिसर सूचना अधिकारी प्र.ना.उ. प्रकाश जबेगुले जानकारी दिएका छन् ।
उनका अनुसार ट्याक्टर चालक जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौंसिनामंगल बस्ने वर्ष २४ को विरेन्द्र कुमार महत्तो सामान्य रहेकोले प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखी घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
घाइते र मृतकको विवरण यस प्रकर छन् ।
मृतक :
१.जिल्ला सिन्धुली भिमान नगरपालिका वडा नं. १० घर भइ हाल काठमाडौंसिनामङ्गल बस्ने वर्ष २६ को हेम बहादुर नेपालीको उपचारको क्रममा ऐ. २०:१२ बजे मृत्यु भएको ।
२. जिल्ला भोजपुर दिम्ला नगरपालिका वडा नं. २ घर भई हाल काठमाडौंसिनामङ्गल बस्ने वर्ष ३२ को विजय राईको उपचारको क्रममा ऐ. २०:२६ बजे मृत्यु भएको ।
घाइतेः
१. जिल्ला काभ्रे पाँचखाल नगरपालिका वडा नं. २ घर भइ हाल काठमाडौं टोखा बस्ने वर्ष २८ को राजन श्रेष्ठ ।
२. जिल्ला रामेछाप खाडादेवी गाउँपालिका वडा नं. २ घर भइ हाल काठमाडौं जडिबुटी बस्ने वर्ष ३२ कि सन्तोषी दर्लामी ।
३. जिल्ला सप्तरी खडक नगरपालिका वडा नं. १० घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २२ को संजीव सरदार ।
४. जिल्ला सप्तरी कमलामाई नगरपालिका वडा नं. १० घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २६ को दिल कुमार पास्वान ।
५. जिल्ला सुनसरी इटहरी नगरपालिका वडा नं. १० घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष ३५ को किरण कुमार चौधरी ।
६. जिल्ला भोजपुर देवानटर गाउँपालिका वडा नं. २ घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ४५ की सानु राई ।
७. जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं.२ घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ३२ कि रुबी ठाकुर ।
८. जिल्ला ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं. ४ घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ३० कि कविता राई ।
९. जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २७ को कुमार राउत ।
१०. जिल्ला मकवानपुर मकवानपुर गढी गाउँपालिका वडा नं. ३ घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ३४ कि रश्मी वाइवा ।

भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक...
सूर्यविनायक नगरपालिकामा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम एकसाथ हुँदै छ । सूनपा वडा...
बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम...