काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भाडाको कोठामा बस्दै आएका ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादमै बिहीबार बिहान ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्माको हत्या गरिएको हो ।
काठमाडौंको शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घरभई खरिपाटी सैनिक ब्यारेक पछाडि भाडाको कोठामा बस्दै आएका ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादमै आफ्नै डेरामा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश जवेगुले जानकारी दिएका छन् ।
सूचना अधिकारी जवेगुका अनुसार खुकुरी प्रहारबाट ८ वर्षीय छोरा त्रिशल विश्वकर्मा समेत घाइते भएका छन् । प्रहरीले खुकुरी प्रहार गर्ने विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जवेगुले जानकारी दिएका छन् ।

नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...