“अर्थतन्त्रसँग जोड्ने मेला आयोजना गर्नु सकारात्मक कदम हो ।”
- असार ९, २०८३
- ख्वपखबर
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...

भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका शंकरापुर नगरपालिका–६का एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भाडाको कोठामा बस्दै आएका ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादमै बिहीबार बिहान ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्माको हत्या गरिएको हो ।
काठमाडौंको शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घरभई खरिपाटी सैनिक ब्यारेक पछाडि भाडाको कोठामा बस्दै आएका ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादमै आफ्नै डेरामा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश जवेगुले जानकारी दिएका छन् ।
सूचना अधिकारी जवेगुका अनुसार खुकुरी प्रहारबाट ८ वर्षीय छोरा त्रिशल विश्वकर्मा समेत घाइते भएका छन् । प्रहरीले खुकुरी प्रहार गर्ने विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जवेगुले जानकारी दिएका छन् ।

बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना...
सूर्यविनायक नगरपालिकामा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम एकसाथ हुँदै छ । सूनपा वडा...