भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

विस्फोटक पदार्थ पड्किँदा म्यानमारमा ५५ जनाको मृत्यु

  • ख्वपखबर
  • जेष्ठ १८, २०८३

म्यानमारको उत्तर-पूर्वी क्षेत्रमा आइतबार खानीका लागि राखिएको विस्फोटक पदार्थ भण्डारण गरिएको एक घरमा शक्तिशाली विस्फोट हुँदा ५५ जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । उद्धारकर्मी र स्थानीय सञ्चार माध्यमहरूका अनुसार यो घटना नामखाम टाउनसिपको काउङतुप गाउँमा भएको हो ।

यो क्षेत्र चीनको सीमाभन्दा करिब ३ किलोमिटर दक्षिणमा अवस्थित छ, जहाँ जातीय सशस्त्र समूह ‘तआङ नेशनल लिबरेसन आर्मी’को नियन्त्रण रहेको छ । यस समूहको म्यानमारको सैन्य सरकार (जुन्ता) सँग समय-समयमा भिडन्त हुँदै आएको छ ।

एक उद्धारकर्मीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यसका कारण वरपरका १०० भन्दा बढी घरहरूमा क्षति पुगेको छ । स्थानीय सञ्चार माध्यमहरूले मृतकको सङ्ख्या ५० देखि ५५ को बीचमा रहेको जनाएका छन् । सार्वजनिक भएका तस्बिर तथा भिडियोहरूमा विस्फोटपछि आकाशिएको धुलोको मुस्लो, ध्वस्त भएका भवन र भग्नावशेषहरू देखिएका छन् ।

चीनको सरकारी सञ्चार माध्यम सीसीटीभीले पनि घटनामा ठुलो सङ्ख्यामा मानिसहरू मारिएको र घाइते भएको पुष्टि गरेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार खानी उत्खनन कार्यमा प्रयोग गरिने ठुलो परिमाणको विस्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा उक्त विस्फोट भएको हो ।

सन् २०२१ को फेब्रुअरीमा सेनाले लोकतान्त्रिक ढङ्गले निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेदेखि म्यानमार लगातार अशान्ति र द्वन्द्वको चपेटामा परेको छ । सैन्य कु पछि देशभर विरोध प्रदर्शनहरू चर्किएका थिए । पछि, धेरै विरोधी समूहहरूले सेना विरुद्ध हतियार उठाएका कारण हाल म्यानमारको ठुलो भूभाग सशस्त्र सङ्घर्षको चपेटामा परेको छ । अन्नपूर्णपोस्ट

Your email address will not be published. Required fields are marked *

सम्बन्धित