भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

रूस र युक्रेनबिचको आक्रमणमा परी चार जनाको मृत्यु

  • ख्वपखबर
  • बैशाख १५, २०८३

रूस र युक्रेनबिचको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको आक्रमणमा परी चार जनाको मृत्युु भएको हो ।

सीमा क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । 

दक्षिणी रूसको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रनी आक्रमणपछि आगलागी भएको जनाइएको छ भने तटीय सहर टुआप्समा आगलागीका कारण बाक्लो कालो धुवाँले स्थानीय आपतकालको अवस्था उत्पन्न भएको जनाइएको छ । युक्रेनी सशस्त्र फौजले गरेको ड्रोन आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको बेलगोरोडका क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममार्फत जनाएको हो ।

एउटा कारलाई निशाना बनाइ गरिएको आक्रमणमा एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको उनले पुष्टि गरेका छन् । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु भएदेखि रूसले युक्रेनका प्रमुख पूर्वाधार स्थलमा नियमितरूपमा बमबारी गरिरहेको जनाइएको छ । मध्य युक्रेनको क्रिवी रिग सहरमा भएको रूसी आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको ड्निप्रोपेट्रोभस्क क्षेत्रका प्रमुखले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

मस्कोको सेनाको क्षमतालाई कम गर्न रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको किभले बताएको छ । रूसको दक्षिणमा स्थित तटमा रहेको टुआप्स तेल प्रशोधन केन्द्रमा पछिल्लो समयमा धेरै पटक विस्फोट भएको जनाइएको छ । गत हप्ता भएको युक्रेनी ड्रोन आक्रमणपछि धेरै दिनसम्म उक्त तेल प्रशोधन केन्द्रमा आगो लागेको जनाइएको छ । सुरक्षाका लागि अधिकारीले स्थानीयवासीलाई बाहिरी गतिविधि सीमित गर्न र घरका झ्याल बन्द गर्न आदेश दिएका छन् । रासस

Your email address will not be published. Required fields are marked *

सम्बन्धित