भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

जुद्ध वारुण यन्त्र भक्तपुरलाई सुरक्षा सामग्रीहरू हस्तान्तरण

  • ख्वपखबर
  • बैशाख १५, २०८३



भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ दुधपाटी स्थित जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरलाई सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरेको छ । कार्यालयलाई आगलागी नियन्त्रण गर्न रु. ६ लाख ९३ हजार बराबरको सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख विजयप्रसाद धौभडेललाई मंगलबार एक कार्यक्रममा आगलागी नियन्त्रण गर्नका लागि SCBA (self Containing Breathing Apparatus) सेट २ थान र बुट १५ सेट उपलब्ध गराएको हो ।

नगर प्रमुख प्रजापतिले विपद्का सम्भावित दुर्घटनालाई ध्यानमा राखेर नगरपालिकाले सहयोग सामाग्री वितरण गर्दै आएको र यस कार्यालयले सक्रियतापूर्वक काम गरिरहेको बताए ।

जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले जुद्ध बारुण यन्त्र कार्यालय सबैको साझा संस्था भएको बताउँदै आगलागी नियन्त्रण कार्यमा कुनै कमी कमजोरी हुन नदिने बताए । आगामी दिनमा पनि भक्तपुर नपाको साथ र सहयोगको अपेक्षा राख्दै उनले दक्ष जनशक्तिहरुबाट जुद्ध वारुण यन्त्र कार्यालयले सेवा प्रवाह गर्दै आएको जानकारी दिए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित