भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

भक्तपुरका जिसस प्रमुख थापाको निधन

  • ख्वपखबर
  • जेष्ठ १२, २०८३

भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब ३ बजे उनको निधन भएको खबर सार्वजनिक गरिएको हो ।

निमोनियाको कारण थला परेका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उच्च रक्तचापका बिरामी रहेका ६५ वर्षीय थापा दुई सातादेखि महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उनको उपचार भइरहेको थियो ।

रेडियो नेपालको जागिरे जीवनबाट अवकाश पाएपछि उनी नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै जिसस प्रमुख बनेका थिए ।

सादगी जनप्रतिनिधि थापाको निधनले अपुरणीय क्षति पुगेको छिमेकी समेत रहेका नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले बताए । सूर्यविनायक ७ गुण्डु निवासी जिसस प्रमुख थापाका श्रीमती, एक छोरा र ४ छोरी छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित