४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै
- अशोज १५, २०८३
- ख्वपखबर
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...

भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब ३ बजे उनको निधन भएको खबर सार्वजनिक गरिएको हो ।
निमोनियाको कारण थला परेका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उच्च रक्तचापका बिरामी रहेका ६५ वर्षीय थापा दुई सातादेखि महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उनको उपचार भइरहेको थियो ।
रेडियो नेपालको जागिरे जीवनबाट अवकाश पाएपछि उनी नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै जिसस प्रमुख बनेका थिए ।
सादगी जनप्रतिनिधि थापाको निधनले अपुरणीय क्षति पुगेको छिमेकी समेत रहेका नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले बताए । सूर्यविनायक ७ गुण्डु निवासी जिसस प्रमुख थापाका श्रीमती, एक छोरा र ४ छोरी छन् ।
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...