भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

भक्तपुरको मङ्गलाछे स्थित “हाडा छेँ”को उद्घाटन

  • ख्वपखबर
  • जेष्ठ ६, २०८३

भक्तपुर नगरपालिकाबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ मङ्गलाछे स्थित हाडा छेँको आज उद्घाटन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले “हाडा छेँ”को मूल ढोकाको रिबन काटेर उद्घाटन गरेका हुन् ।

अध्यक्ष बिजुक्छेँले लामो समयदेखि जीर्ण अवस्थामा रहेको हाडा छेँ पुनःनिर्माण सम्पन्न हुनु आफैमा गौरवको विषय भएको बताए । यस्ता संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने उनले जनाए ।

अध्यक्ष बिजुक्छेँले भने, “भक्तपुर नगरपालिकाले यस्ता मौलिक घरहरुलाई आगामी दिनहरुमा पनि म्हास्न नदिई सम्पदा संरक्षणको रुपमा प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ । भक्तपुरको मौलिक संस्कृति, सम्पदा र परम्परालाई जोगाउनु हाम्रो दायित्व हो ।”

भक्तपुरका ऐतिहासिक संरचना, कला, संस्कृति र मौलिक वास्तुकलाकै कारण भक्तपुरका सम्पदाप्रति विदेशी पर्यटक तथा अनुसन्धानकर्ताहरुको आकर्षण दिनप्रतिदिन बढ्दै गएको उनको तर्क छ । उनले सम्पदाहरु केबल इतिहाससँग मात्र जोडिएको नभई देशको पर्यटन विकास र अर्थतन्त्रसँग पनि जोडिएको हुन्छ भन्दै विदेशीहरुको चासो र अनुसन्धानले भक्तपुरका संस्कृति विश्वसामु चिनाउने अवसर पनि बनेको जानकारी दिए ।

अध्यक्ष बिजुक्छेँले नगरपालिकाले यस्ता ऐतिहासिक तथा सांस्कृतिक महत्वका घरहरुको संरक्षण, पुनःनिर्माणमा विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गरेका छन् ।

भक्तपुर नगरपालिकाले २०५८ सालमा मदनकृष्ण हाडासँग हाडा छेँ खरिद गरी नगरको सम्पदाको रुपमा यसको संरक्षण गर्ने उद्देश्यले हाडा छेँको पुनःनिर्माण गरिएको हो । हाडा छेँ पुन:निर्माण कार्यको लागि २ करोड ३५ लाख रुपैयाँको लागत इस्टिमेट गरिएकोमा १ करोड ७१ लाख रुपैयाँ खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित