यु–१९ एसिया कपमा बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
- मंसिर २९, २०८२
- ख्वपखबर
यु–१९ एसिया कपमा नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । एसिसी यु–१९ एसिया कप क्रिकेट...
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले खेलकुदले अनुशासन र कर्तव्यप्रति सचेत पार्ने बताएका छन् । अध्यक्ष बिजुक्छेंले नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने क्रममा सो विचार व्यक्त गरेका हुन् ।
अध्यक्ष बिजुक्छेँले खेलकुद मित्रता, शिक्षा र संस्कृतिको पनि महत्वपूर्ण अंग भएको बताउँदै खेलकुदले शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्नुका साथै अनुशासित नागरिक तयार गर्ने र सामाजिक सम्बन्ध मजबुत बनाउने बताए ।
विद्यालय, वडा, नगर र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगिताले खेलाडीहरुले व्यक्तित्व विकासको अवसर पनि पाउने बताउँदै उनले विद्यार्थीहरुलाई आत्मनिर्भरताको पाठ सिकाउनुपर्ने जनाए ।
२०८२ मंसिर २५ गतेबाट सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल प्रतियोगिताको उद्घाटन बिहीबार सहिदस्मृति खेलमैदानमा सम्पन्न गरिएको थियो ।

यु–१९ एसिया कपमा नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । एसिसी यु–१९ एसिया कप क्रिकेट...
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स...
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी रहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...