भर्खरै :
५८ करोडको भ्रष्टाचार : प्रमुख थापासहित १२ विरुद्ध मुद्दा दर्ता | डिजिटल पूर्वाधार सुरक्षामा श्रीलङ्काको कदम | नेसनल प्याव्सनको वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड र युनिटी विजयी | जितेन्द्र रसिकको बाल उपन्यास “साइबोर्ग“ सार्वजनिक | अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथि चुनौती : राष्ट्रपति पौडेल | गोदावरी नगरपालिकाका इन्जिनियर विष्टविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा | गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता | जेनजी पुस्ताका युवा मतदातालाई सचेत भएर मतदान गर्न नेमकिपाका उम्मेदवार सुवालको आग्रह | स्वास्थ्य मन्त्री शर्माद्वारा डडेल्धुरा अस्पतालको अनुगमन तथा निरीक्षण | “चुनावमा उठ्ने नउठ्ने निर्णय गरेको छैन ।” |

खेलकुदले अनुशासन र कर्तव्यप्रति सचेत पार्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

  • ख्वपखबर
  • मंसिर २६, २०८२

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले खेलकुदले अनुशासन र कर्तव्यप्रति सचेत पार्ने बताएका छन् । अध्यक्ष बिजुक्छेंले नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने क्रममा सो विचार व्यक्त गरेका हुन् ।

अध्यक्ष बिजुक्छेँले खेलकुद मित्रता, शिक्षा र संस्कृतिको पनि महत्वपूर्ण अंग भएको बताउँदै खेलकुदले शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्नुका साथै अनुशासित नागरिक तयार गर्ने र सामाजिक सम्बन्ध मजबुत बनाउने बताए ।

विद्यालय, वडा, नगर र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगिताले खेलाडीहरुले व्यक्तित्व विकासको अवसर पनि पाउने बताउँदै उनले विद्यार्थीहरुलाई आत्मनिर्भरताको पाठ सिकाउनुपर्ने जनाए ।

२०८२ मंसिर २५ गतेबाट सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल प्रतियोगिताको उद्घाटन बिहीबार सहिदस्मृति खेलमैदानमा सम्पन्न गरिएको थियो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित