आन्दोलनका ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
- चैत्र १४, २०८२
- ख्वपखबर
नयाँ सरकाराको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्न आन्दोलनका ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त...

प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार नै रहेकाे बताएकी छिन् । बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
“भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइनस यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो। जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्स विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ,” प्रधानमन्त्री कार्कीले भनिन् ।
यसैले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनबद्धतासमेत प्रधानमन्त्री कार्कीले व्यक्त गरिन् । “लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन हो । नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो । २०८२ फागुन २१ को निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ”, कार्की भनी ।
यसैगरी, प्रधानमन्त्री कार्कीले २१ औँ शताब्दीमा मानव अधिकारको दायरा अत्यन्त फराकिलो भएको उल्लेख गर्नुभयाे । “मानव अधिकारको प्रारम्भिक अवधारणाले मुख्यतः बाच्न पाउने अधिकार र स्वतन्त्रतालाई जोड दिन्थ्यो । तर आजको २१औँ शताब्दीमा मानव अधिकारको दायरा अत्यन्त फराकिलो बनेको छ,” उनले भनी, “अब मानव अधिकार भनेको केवल जीवित रहनु मात्र होइन, आत्मसम्मानका साथ बाँच्न पाउनु, राज्यका निर्णयमा प्रश्न गर्न पाउनु, स्वच्छ वातावरणमा रमाउने अवसर पाउनु, र डिजिटल विश्वसँग समान र स्वच्छ पहुँच पाउनु पनि हो ।”
यस्तै, प्रधानमन्त्री कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको पनि स्मरण गराए । ‘नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो । २०८२ फागुन २१ को निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ’, प्रधानमन्त्रीले थपीन् । गोरखापत्रअनलाइन
नयाँ सरकाराको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्न आन्दोलनका ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त...
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीलाई प्रहरीले भक्तपुरको...
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रहरीले भक्तपुरको कटुञ्जेस्थित निवासबाटै लेखकलाई पक्राउ गरेको...