भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नै निवासबाट पक्राउ

  • ख्वपखबर
  • चैत्र १४, २०८२

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीलाई प्रहरीले भक्तपुरको गुण्डुस्थित निवासबाटै आज बिहान पक्राउ गरेको हो ।

स्रोतका अनुसार प्रहरीले उनलाई पक्राउ गर्नुअघि जरुरी पक्राउ पुर्जी थमाएको थियो । भदौ २३ र २४ गते भएको ‘जेनजी’आन्दोलनपछि गठित छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा ओली पक्राउ परेका हुन् ।

यसैअघि, पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् । सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिएका थिए । आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको थियो । अन्नपूर्णपोस्ट

Your email address will not be published. Required fields are marked *

सम्बन्धित