भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

पूर्वगृहमन्त्री लेखक पक्राउ

  • ख्वपखबर
  • चैत्र १४, २०८२

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रहरीले भक्तपुरको कटुञ्जेस्थित निवासबाटै लेखकलाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार प्रहरीले उनलाई पक्राउ गर्नुअघि जरुरी पक्राउ पुर्जी थमाएको थियो । भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि गठित छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा लेखक पक्राउ परेका हुन् ।

यसैबीच, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पक्राउ गर्न प्रहरी टोली गुण्डु पुगेको छ । ओली र लेखकलाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र गृहमन्त्री सुदन गुरुङबीच छलफल भएको थियो ।

लगत्तै गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई पक्राउ गर्न निर्देशन दिएका थिए । अन्नपूर्णपोस्ट

Your email address will not be published. Required fields are marked *

सम्बन्धित