भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

ज्येष्ठ सदस्य केसीद्वारा शपथ ग्रहण गराउने तयारी

  • ख्वपखबर
  • चैत्र १२, २०८२

नवनिर्वाचित सांसदलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले शपथ ग्रहण गराउने तयारी गरेको छ । केसीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गरे पश्चात आज नवनिर्वाचित सांसदलाई केसीले शपथ ग्रहण गराउने तयारी थालेको हो ।

शपथ समारोहपछि सांसदहरुलाई संसद् प्रतीक चिह्न, संविधान, नियमावली र सेवा सुविधासम्बन्धी सामग्री उपलब्ध गराइनेछ । सचिवालयका प्रवक्ता एकराम गिरीले निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ र प्रारम्भिक बैठकका लागि तयारी भइरहेको जानकारी दिएका छन् ।

संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह बिहीबार अपराह्न २ बजे आयोजना हुने योजना छ । सहभागी सदस्यहरुलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ । तस्विर: गोरखापत्रअनलाइन

Your email address will not be published. Required fields are marked *

सम्बन्धित