भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

बागमती प्रदेशका मुख्यमन्त्री थापा मगरले जिते विश्वासको मत

  • ख्वपखबर
  • भदौ ९, २०८३

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री थापाले मंगलबार उक्त विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री थापालाई सरकार टिकाउन ५३ मत आवश्यक थियो तर मंगलबार साँझ भएको मतदानमा ५७ मत पाएका छन् । उनले प्रदेशसभाको कुल उपस्थित ५८ सांसद मध्ये ५७ मत पाएका हुन् । मौजुदा संसद्को १०४ सदस्य मध्ये मुख्यमन्त्री थापाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा सत्तारुढ ३ दलका ५८ सांसद मात्र उपस्थित थिए ।

विपक्षी दल कांग्रेसका ३६, नेमकिपाका ३ र हानेपाका २ सांसद बैठक बहिस्कार गर्दै बैठकमा सहभागी भएनन् । त्यसैगरी सरकार साझेदार दल राप्रपाका १२ मध्ये ५ सांसद पनि बैठकमा अनुपस्थित रहे । मुख्यमन्त्री थापाले राप्रपाका ७, नेकपाका २६ र एमालेका २६ मध्ये २५ जनाको विश्वासको मत प्राप्त गरेका हुन् । एमालेबाट उपसभामुख सहित २५ सांसद रहेकाले उपसभामुखले मत विभाजनमा सहभागिता जनाइनन् ।

विपक्षीको बहिस्कारका कारण उनको विश्वासको मत माथिको प्रस्तावको विपक्ष वा तटस्थमा कुनै पनि मत परेको थिएन ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित