बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण पाउने
- पुस ७, २०८२
- ख्वपखबर
नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक,...
बिहिबार नेशनल प्याब्सन भक्तपुरले आगामी एसईई-२०८२ मा सम्मिलित हुने विद्यार्थीहरूका लागि आयोजना गरेको अनिवार्य विज्ञान विषय परीक्षा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाभरका दर्जनौं स्कूलका विद्यार्थी र शिक्षकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरकी प्रमुख श्री कमला ज्ञवालीले विद्यार्थीहरुलाई योग र अध्यात्मसँग जोडेर सिकाई क्रियाकलाप गर्नु पर्ने बताउदै हरेक दिन पढ्नु अघि ध्यान गर्ने, तनावबाट मुक्त हुने, स्वतन्त्र हुने तर बदमास नगर्ने, नतिजा परीक्षाको लागि नभई जीवन जिउने कला सिक्न अध्ययन गर्नु पर्ने जस्ता ज्यादै प्रेरणादायी अभिव्यक्ति दिईन् । छात्र–छात्रालाई परीक्षा तयारीमा वैज्ञानिक विधि, आत्मविश्वास र नियमित ध्यान सँगसँगै अभ्यास गर्न शुभेच्छा दिईन् ।
त्यस्तै, विज्ञान विषयका विज्ञ डा. चिन्तामणि पन्थीले विद्यार्थीहरूलाई प्रभावकारी अध्ययन सीप, मनोबल र समय व्यवस्थापन तथा परीक्षामा विज्ञान विषयको कस्ता प्रश्नहरुमा कसरी उत्तर लेख्ने, उत्कृष्ट नतिजाको लागि विज्ञान विषयको सिकाईमा शिक्षकले विद्यार्थीहरुलाई कसरी सहभागि गराउने जस्ता प्रेरणादायी अभिमुखीकरण गर्नु भएको थियो । उनको प्रस्तुतिलाई विद्यार्थीहरूले अत्यन्तै उपयोगी र उत्साहवर्धक रहेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने सबै विद्यालयहरूप्रति नेशनल प्याब्सन भक्तपुरले आभार व्यक्त गरेको छ। साथै कार्यक्रमका सभापति एवं नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुको एसईई तयारीलाई प्रभावकारी बनाउने उद्देश्यसहित गत कार्तिक महिनामा अनिवार्य गणित विषयको र आगामी पौष महिनामा अनिवार्य सामाजिक विषयको अभिमुखीकरण गरिने जानकारी दिए । कार्यक्रममा ओएसिस पब्लिकेशन, सत्य शक्ति पुस्तक भण्डार, सेराटन बैंक्वेट र मन्त्र साउन्डले सहजीकरण गरेकाले धन्यवाद ज्ञापन गरिएको थियो ।
नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक,...
वागिश्वरी माध्यमिक विद्यालयले दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालयले आज एक...
त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ । मुलुकभर विद्यमान...